काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्नेछ ।
बैठकमा नेताहरूको कार्यविभाजन, अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापन लगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् । ।