८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका सबै तहको नीति तथा कार्यक्रम पारित, कसको प्राथमिकतामा के ?

२ श्रावण २०७४, सोमबार ०६:१४

साउन २, नुवाकोट । आइतबारदेखि सुरु भएको नयाँ आर्थिक वर्ष २०७४/७५ का लागि नुवाकोटका सबै स्थानीय तहले प्रस्तावित बजेट, नीति तथा कार्यक्रम स्थानीय तहमा गठित नगर/गाँउ सभामार्फत पारित गर्दै कार्यान्वयनमा ल्याएका छन् ।

सरकारले असार २५ गते नै सबै स्थानीय तहलाई एकैसाथ बजेट सार्वजनिक गर्न निर्देशन दिए पनि तयारी नपुगेको भन्दै केही दिन ढिलाइ गरी ल्याएको बजेट, नीति तथा कार्यक्रम नयाँ आव सुरु भएसँगै सबै स्थानीय तहले कार्यान्वयमा ल्याएका हुन् । स्थानीय तहले बजेटको नीति तथा कार्यक्रममा समावेश गरी विनियोजित गरेको बजेटमा पर्यटन प्रवर्दन र कृषिमा आधुनिकीकरण मुख्य रुपमा जोड दिएका छन् ।

ककनी गाउँपालिकाले रु २७ करोड ८१ लाख बजेट गाँउसभाबाट पारित गरेको छ । अध्यक्ष मानबहादुर तामाङको अनुमानितमा उपाध्यक्ष सीता खतिवडाले पेश गरेको बजेट, नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालनसहित कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, शिक्षामा गुणस्तरीता, स्वास्थ्यमा सुधारमा ध्यान दिइएको छ ।

यस्तै, शिवपुरी गाउँपालिकाले रु ३२ करोड ३१ लाख बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको अध्यक्ष रामकृष्ण थापाले पेश गरेको बजेट, नीति तथा कार्यक्रममा ‘शिवपुरीको विकास समृद्धिको आधार, शिक्षा–कृषि–पर्यटन र पूर्वाधार’ नारासहित कृषि मोटरबाटो, कृषि पर्यटन पदमार्ग र शिवपुरी स्मारक निर्माणका लागि बजेट छुट्याइएको छ ।

यस्तै, किस्पाङ गाउँपालिकाले नयाँँ आर्थिक वर्षका लागि रु १८ करोड ९८ लाख बजेट गाउँसभाबाट पारित गर्दै कार्यान्वयनमा ल्याएको छ । गाउँसभामा गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाको बजेट, नीति तथा कार्यक्रममा किस्पाङ पर्यटकीय गुरुयोजना निर्माण, किस्पाङदेखि फिकुरीडाँडासम्म केवलकार सञ्चालनको सम्भाव्यता अध्ययन, पाँचसयखोला भेडा फार्मदेखि फुङफुङ झरना गोङ्गाभञ्याङ, सिङ्ला, गणेश हिमाल पथ मार्गको विकास गर्ने लक्ष्यसहित प्राथमिकता दिइएको छ ।

यस्तै, पञ्चकन्या गाउँपालिकाले रु. १९ करोड दुई लाख बजेट गाउँसभाबाट पारित गर्दै गाउँमा १५ श्ययाको अस्पताल निर्माण गर्न नीति अवलम्बन गरी बजेट तर्जुमा गरिएको अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । गाउँपालिकाको विकास कृषिको माध्यमबाट गर्न वडा नं १ चौघडामा आलु, २ कविलासमा मेवा र केरा, ३ पञ्चकन्यामा अदुवा, ४ थप्रेकमा अलैँची र ५ भदुटारमा सुन्तलाको पकेट क्षेत्र स्थापना गर्ने नीति अवलम्बन गरी बजेट छुट्याइएको छ ।

यस्तै, सूर्यगढी गाउँपालिकाले रु. १९ करोड ३६ लाख बजेट तर्जुमा गर्दै सडक विस्तारलाई प्राथमिकता दिएको गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घले तामाङले पेश गरेको बजेट–नीति तथा कार्यक्रममा उल्लेख छ । सूर्यगढी गापाले प्रत्येक वडा कार्यालयमा इन्टरनेट सुविधा जडान गरी सामाजिक सुरक्षा भत्ता अद्यावधिक गर्दै बैंङ्किङ प्रणालीमार्फत प्रवाह गर्ने नीति अवलम्बन गरेको छ ।

यस्तै, तादी गाउँपालिकाले रु २१ करोड ५२ लाखको बजेट नीति तथा कार्यक्रम पहिलो गाउँसभामार्फत सर्वसम्मत पारित गरेको छ । गाउँपालिकाको अध्यक्ष नारायणप्रसाद पाण्डेले पेश गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र रु. एक लाखभन्दा बढी लगानी हुने योजना गापाले नै नेतृत्व लिएर सञ्चालन गर्ने नीति अवलम्बन गरेको छ ।

यस्तै, लिखु गाउँपालिकाको पहिलो गाउँसभाले रु. १९ करोड ४२ लाख बजेट पारित गर्दै कार्यान्वयनमा ल्याएको छ । अध्यक्ष धुव्र श्रेष्ठले पेश गरेको बजेट, नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषि प्राविधिक कलेज स्थापना गर्न रु. २० लाख बजेट छुट्याएको छ भने सबै बस्तीमा बाह्रै महिना चल्ने सडक निर्माण गर्ने नीति अवलम्बन गरेको छ ।

नुवाकोटका १२ वटा स्थानीय तहमध्ये विदुर नगरपालिका, बेलकोटगढी नपा, तार्केश्वर गापा र दुप्चेश्वर गापाको नगर तथा गाउँसभामार्फत बजेट, नीति तथा कार्यक्रम पारित गर्दै कार्यान्वयनतर्फ लागेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता