काठमाडौं । आज संघीय संसद अन्तर्गतका चारवटा समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल गरिदै छ ।
यसैगरी, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक बस्दैछ । आज बिहान ११:०० बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ ।
यस्तै, आज बिहान ११:०० बजे सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन आज व्यवस्थापन समितिको ३७ औँ बैठक पनि बस्दैछ । ११:३० बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ ।