काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
भोली देखी सुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्नका लागि आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।
बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।