Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बिमानस्थल सूचारु गरिदिन नागरिक समाजको प्रधानमन्त्रीलाई पत्र

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/साउन २, डोल्पा । डोल्पाको मसिनेचौर बिमानस्थल सूचारु गरिदिन भन्दै नागारिक समाज डोल्पाद्धारा हेलो सरकारमा गुनासो पेश गरेको छ । प्रधानमन्त्री कार्यालयलाइ तत्काल डोल्पालीको समास्या समाधान पहल गरिदिन भन्दै नगारिक समाज डोल्पाले लिखित गुनासो बुझाएको नागरिक समाज डोल्पाका अगुवा सुरेन्द्र ढकालले जानकारि दिनु भयो ।

गएको जेष्ट ३० गते जुफाल बिमानस्थल कालो पत्रे गर्ने भन्दै बन्द गरे पछि दुइ महिना बिति सक्दा पनि अन्य बिकल्प खोजिएको छैन । जिल्लामा २ वटा बिमानस्थल भए पनि मसिनेचौर बिमानस्थल सूचारु नगर्दा डोल्पाली जनता मर्कामा परेका छन ।

जुफाल बिमानस्थल बन्द गर्ने बेलमा जिल्ला प्रशासनले एक साता भित्र मसिनेचौर बिमानस्थल सञ्चालन गर्ने निर्णय गरेको भए पनि हाल सम्म सञ्चालन नगरे पछि सबै भन्दा धेरै बिरामी समस्यामा परेका छन ।

राष्ट्रिय राजमार्गले नछोएको डोल्पा बासिका लागि याताताको एक मात्र माध्यायम भनेको हवाई यातायात हो । नियमित उडान भर्ने जुफाल बिमानस्थल कालोपत्रेको लागि बन्द गरिएको छ । मसिनेचौर बिमानस्थल सूचारु नभए पछि डोल्पालीहरु यातायातको सेवाबाट बञ्चित भएका छन । पैदल मार्गको बाटो भेरि करिडोरोका सडक निमार्णले जोखिम पूर्ण रहेको छ ।

नेपाली सेनाले बिष्पोट गर्ने काम गरि रहेकोले पैदल मार्ग जोखिम रहेको र सर्वसाधारणको लागि पर्ने असर प्रति क्षमाप्रार्थि छौ भन्दै नेपाली सेनाले सार्वजानिक सुचना जारि गरेको छ । पैदलमार्ग जोखिम पूर्ण छ हवाइ मार्ग पूरै बन्द भएको छ हामी जस्ता फरक क्षमता भएका मान्छे बिरामी पर्दा कसरि जाने भन्दै मुकुटेश्वर अपाङ्ग सेवा समितिका अध्यक्ष चन्द्र बुढाले गनासो गरे ।

सडक सञ्जालले नछोएको जिल्ला डोल्पाका लागरिकलाइ यातायातको सेवा तथा अधिकारबाट बञ्चित गराएको नागरिक समाज डोल्पाको आरोप छ । बिगत केहि महिना देखि डोल्पाका बिरामी मृत्यू नै कुरेर बसेका छन । सल्यक्रिया गर्ने खालको अस्पतालको ब्यवस्था छैन कडाखाले बिरामी भएमा वा गर्भवति,बालबालिका,प्रौढ,अपाङ्गता भएका ब्यक्तिहरु र बृद्धबृद्धाले मृत्यू नै कुर्नु परेको स्थानियहरु बताछन ।

नागरिकलाइ यसरि सेवाबाट बञ्चित गराउने कुन न्याय तथा कानुन हो भन्दै सोमबार नागरिक समाज डोल्पाले हेलो सरकार मार्फत प्राधानमन्त्रीको कार्यालयमा गुनासो दर्ता गराएको छ ।

जिल्लामा २ वटा बिमानस्थल हुदा पनि डोल्पाली जनताले हवाइ यातायातको सुबिधाबाट बञ्चित हुनु परेको छ । जुफला बिमानस्थल कालोपत्रे भइ रहेको र नागरिक उड्यन प्राधिकरणले नै मसिनेचौर बिमानस्थल सूचारु गर्न चासो नदिएको नागरिकको भनाइ छ ।

महगो हेलिकप्टर चढ्नको लागि डोल्पाली जनताले नसक्ने भएकोले तत्काल जुफाल बिमानस्थल कालोपत्रे सम्पन्न गराउनु पर्ने र मसिनेचौर बिमानस्थल सुचारु गर्नु पर्ने डोल्पाली जनताको माग रहेको छ ।