२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविका समर्थकबाट कुटिएका वरिष्ठ अधिवक्ता त्रिपाठीले दिएको अभिव्यक्तिप्रति बहालवाला न्यायाधीशहरूको प्रतिवाद

११ माघ २०८१, शुक्रबार १३:०२

काठमाडौँ | रास्वपाका समर्थकबाट बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणप्रति न्यायाधीश समाज नेपालले आपत्ति जनाएको छ ।

बिहीबार न्यायाधीश समाजका महासिचव एवं विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले एक विज्ञप्ति जारी गर्दै माघ २ गते काठमाडौँ जिल्ला अदालतमा चलिरहेको ठगी गरी संगठित अपराध गरेको मुद्दामा थुनछेक बहस पश्चात अदालत हाता बाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमण तथा सो पश्चातको कृयाकलापका सम्बन्धमा समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘न्याय सम्पादन प्रकृयाको अभिन्न अंगको रुपमा रहेको नेपाल बार र त्यसका कुनै पनि सदस्य माथि भौतिक आक्रमण गरिनु निन्दनीय कार्य हो। उक्त दिन काठमाडौ जिल्ला अदालत परिसर बाहिर बरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठी माथि भएको भौतिक आक्रमणको यो समाज निन्दा गर्दै त्यस्तो अवाञ्छित कार्यमा संलग्न रहेका व्यक्तिलाई आवश्यक कानूनी कारवाही गर्नको लागि माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

न्यायाधीश समाजले उक्त आक्रामणपछि त्रिपाठीले न्यायाधीश र न्यायालयको बारेमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति सामूहिक प्रतिवाद गरेका छ । सो मुद्दामा भएको आदेश गर्ने न्यायाधीशका सम्बन्धमा वदनियतपूर्वक कार्य गरेको भनी सर्वसाधारणमा न्यायपालिका प्रति नै भ्रम र अनास्था फैलाउने गरी अन्तर्वाता दिएको भन्दै न्यायाधीश समाजले आपत्ति जनाएको छ ।

‘कुनै न्यायाधीश विशेषबाट कानून बमोजिम न्यायिक प्रक्रिया अवलम्बन गरी भएको कुनै आदेश वा काम कारवाही कानून विपरित भएको भन्ने लागेमा सो सम्बन्धमा सम्बन्धित निकायमा कानून वमोजिमकै प्रक्रिया अवलम्बन गरी उपचार खोज्नु स्वाभाविक हुन जान्छ । तर त्यसतर्फ नलागी वरिष्ठ अधिवक्ता जस्तो जिम्मेवार व्यक्तिले आफुले वहस गरे वमोजिमको परिणाम नआएको भन्ने आधारमा कानून व्यवसायीको आचरण विपरित हुने गरी आदेश गर्ने न्यायाधीश उपर नै बदनियतपूर्वक कार्य गरेको भनी सार्वजनिक सञ्चार माध्यममा अन्तरर्वाता दिएको देखियो। वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिका प्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरुप्रति खेद व्यक्त गर्दछ’ विज्ञप्तिमा भिनएको छ ।

गत माघ २ गते रास्वपाका सभापति रवि लामिछानेको विरुद्धमा चलिरहेको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा सहकारी पीडितको तर्फबाट बहस गर्न पुगेका त्रिपाठी अदालत परिसरमा नै कुटिएका थिए । उनीमाथि आक्रमण गर्ने तीन जना प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने