२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा रेल दुर्घटना हुँदा ज्यान गुमाएका ७ नेपालीको सनाखत, थप ४ जना घाइते

११ माघ २०८१, शुक्रबार १५:१०

काठमाडौँ | भारतम भएको रेल दुर्घटनामा परेर ज्यान गुमाउने १२ जनामध्ये ७ जना नेपाली नागरिक भएको खुलेको छ । माघ ९ गते भएको उक्त रेल दुर्घटनामा परेर ज्यान गुमाएका ७ जना नेपाली भएको र उनीहरुको सनाखत भएको पपराष्ट्र मन्त्रालयले जनाएको छ ।

मृतकहरूमा अछामका २, अछामका ४ र बाँकेका १ जना छन् । दुर्घटनामा घाइते ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र बाँकी १ को गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्रले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रेल दुर्घटनामा परेर कैलालीकी कमला नवीन भण्डारी, कैलालीकै लछिराम पासी तथा अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा जोक्ला उर्फ कला कामी तथा बाँकेका राधेश्याम राध रहेका छन् ।

मृतकहरुको शव ल्याउन र घाइतेहरूको उपचारका लागि नयाँदिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा रहेको भारतीय दूतावाससँग समन्वय भइरहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ७ नेपालीसहित १३ जनाको मृत्यु भएको हो। यो रेल दुर्घटना बुधबार साँझ भएको हो।

१२५३३ नम्बरको पुष्पक एक्सप्रेस रेल लखनऊबाट मुम्बई जाँदै थियो। यस क्रममा उक्त रेल पाचोरा स्टेसननजिकै महेजी र पार्धाडेबीच ट्र्याकमा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने