Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन ०३ गते, बिहान १०:३९ बजे
दाङ्ग - DNG

दाङमा जीप र मोटरसाईकल ठोक्किँदा ८ बर्षीय बालिकाको मृत्यु

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


साउन ३, दाङ । दाङमा जीप र मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक वालिकाको ज्यान गएको छ ।

दाङको पश्चिमवाट तुलसीपुर आउँदै गरेको भे १ च ५२६४ नं. को जीप र तुलसीपुरवाट पश्चिम तर्फ जाँदै गरेको बा ३६ प १८६० नं मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाकी ८ वर्षिय वालिका प्रतिक्षा  विकको घटनास्थलमै मृत्य भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मोटरसाईकल चालक प्रतिक्षाका बुवा लिला बिकलाई भने सामान्य चोटपटक लागेको बताइएको छ । 

ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । तस्बिर: सागर थापाको फेसबुकबाट