काठमाडौँ | नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको अनुसार यही माघ १८ गतेदेखि हिउँदे अधिवेशन सुरु हुने भएका संसदमा खेल्नुपर्ने भूमिकाबारे आवश्यक रणनीति तय गर्न बैठक बस्न लागेको बताए |
बैठकमा सरकारले ल्याएका अध्यादेश, संसदमा दर्ता भएका विधेयकलगायत विषयमा सांसदहरूको एकै धारणा बनाउने र संसदमा एकढिक्का भएर प्रस्तुत हुने बारेमा छलफल हुनेछ ।