काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ ।
बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थली, काठमाडौँमा बस्ने बस्ने छ ।
बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१ मा छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता विषयमा, संसद अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेण्डा रहेको जनाइएको छ।