काठमाडौँ | नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछाने र प्रभु बैंकबीचको कनेक्शनबारे प्रश्न उठाएका छन् ।
यस्तै, बस्नेतले प्रभु बैंक र गोर्खा मिडियासँगको कनेक्शन के हो भनेरपनि सोधेको छन् । साथै उनले प्रभु बैंक र रबि लामिछाने बीच केही न केही गलत र अपराधिक काममा साठगाठ हुनसक्ने आशंका गरेका छन् ।
हिजोमात्रै लामिछानेसँग रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी मागेको थियो । रवि लामिछानेलाई धरौटी बुझाउन प्रभु बैंक ग्यारेन्टी भएपछि बस्नेतले प्रश्न उठाएका हुन् ।

बस्नेतले फेशबुकमा लेखेका छन्–
गरिब युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने ! सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखी २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरुले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ?
प्रभु बैंक र रवि लामिछाने बीचको कनेक्सन के हो ? प्रभु बैंक र गोर्खा मिडिया सँगको कनेक्सन के हो ? विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया जिबी राई र रवि लामिछानेलाई संरक्षण किन गर्दैछ प्रभु बैंक ? केही न केही गलत र अपराधिक कर्ममा इनीहरूको साठगाठ हुनुपर्छ ! यसको बारेमा सही छानबिन गरी कर्बाही गर्न आवश्यक छ।