2026-07-05 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आशिका तामाङमाथिको ज्यादती बन्द गर : सोविता गौतम

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आशिका तामाङ्माथिको ज्यादतीय बन्द गर्न सरकारसमक्ष माग गरेकी छिन् । उनले सत्ताधारीहरु जनताको दुःख र पीडामाथि सत्ताको सुपारी खेलिरहेको गम्भीर आरोपसमेत लगाएकी छिन् ।

फेशबुकमार्फत सांसद गौतमले अहिले जनता गरिबी, अन्याय र असमानताको साङ्लोमा जेलिएको टिप्पणी गरेकी छिन् । आशिकाले नागरिकको पीडा उठाउँदा सरकारले हत्कडी लगाएको भन्दै आक्रोश पोखेकी छिन् ।

उनले लेखेकी छिन्–

देशको भूगोल सुन्दर छ तर जनता गरिबी, अन्याय, र असमानताको साङ्लोमा जेलिएका छन्। भ्रष्टाचारको साम्राज्य यस्तो छ कि सत्ताधारीहरू जनताको दुःख र पीडामाथि सत्ताको सुपारी खेल्दैछन्।

एउटा नागरिकले सरकारलाई बारम्बार आग्रह ग¥यो— “यहाँ ठगी भइरहेको छ, नियन्त्रण गर, हाम्रो आवाज सुन, हाम्रो पीडा बुझ, हाम्रो समस्या समाधान गर।” तर सरकारलाई त्यो पीडाले छोएन, छुँदै त छोएन। अन्ततः, त्यो नागरिकले सहन नसकेर सडकमा आवाज उठायो। त्यो आवाज आक्रोशले भरिएको पिडा थियो, सरकारले सुन्नै नसक्ने चर्को चिच्याहट थियो ।

बिद्रोहको शैलीमा प्रश्न हुन सक्छ तर नियत केवल सामाजिक न्याय थियो ।
यहाँ सरकारले के ग¥यो? समस्याको समाधान खोज्नुको साटो, त्यो आवाज उठाउनेलाई नै अपराधी करार ग¥यो। काखमा दूधेबालक भएकी आमालाई हत्कडी लगायो। सरकारले आमाको ममतामाथि बुट बजार्यो, अबोध बच्चाको काख खोसिदियो। सरकारले आफ्नो दायित्व बिर्सियो। समस्याको जड बनेर, सत्ताको ढालले जनताको आवाजलाई दबाउन थाल्यो।

यो केवल दुःखद होइन, यो लज्जास्पद हो। यस्तो शासन गर्दैछ सरकार, जहाँ बोल्ने अधिकार त छ, तर सत्य बोल्दा कैद हुन्छ। आखिर, यो देश त शासकको मात्र रहेछ।

कुशासनको पराकाष्ठ!
आशिका तामाङमाथिको ज्यादती बन्द गर, सरकार!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै