२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय

१५ माघ २०८१, मंगलवार १४:०२

काठमाडौँ | सरकारले प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रव्यापीरुपमा विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई पनि सर्कूलर गरी राष्ट्रव्यापी रुपमा शहीद दिवस मनाउने निर्णय गरेको हो।

प्रधानमन्त्रीसहित मन्त्रीहरु शहिद गेटमा जाने र त्यसपश्चात सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

माघ १६ गते प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोली शहिद गेट पश्चात सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसैगरी दिउँसो भृकुटीमण्डप वा अन्य खुला स्थानमा शहीद दिवसको अवसरमा कार्यक्रम गर्ने मन्त्री गुरुङले बताए।

यसैगरी संसदमा सरकारले ल्याएका अध्यादेश पेश गरेर फास्ट ट्रयाकमार्फत नियमावली बनाएर कार्यान्वयनमा जाने गुरुङले बताए।

वि.सं २०१२ सालदेखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो। माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ काठमाडौं महानगरपालिकाले सहिद सप्ताह मनाइरहेको छ।

स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने