२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो बिरोध गरी रास्वपा हुँ भन्नेहरुको मैले पर्दाफास गर्दै गए भने नाकमुख देखाउन गार्हो होला, सम्यमित बन्नुस्.. : ज्वाला संग्रौला

२०८१, १६ माघ बुधबार १२:०७

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन् भन्ने दाबी गरेकी छन्।

आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा मङ्गलबार (आज) उनले लेखेका छन्, ‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गएँ भने भोलि नाकमुख देखाउन गार्हो होला महोदय।’

उनले अगाडि लेखेकी छन्, ‘मैले केही अपराध गरेको छैन, कसैको एक सुको खाएको छैन, पार्टीभित्र बसेर गुट र फुटको गन्धाधन्दा गरेको छैन। सकेसम्म राम्रो गरौँ, नसके नराम्रो पनि नगरौँ भन्ने सोच हो। आज पनि म पार्टीभित्र यसकारण छु कि त्यहाँ रबि दाइ हुनुहुन्छ अनि अरु केही राम्रा साथीहरू। मेरो एउटा सामान्य लेखाइको त्रुटि, त्यो पनि मैले सच्याएर ३ वटा स्पष्टीकरणसहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन्।’

यसअघि गत आइतबार उनले एक स्टासमा ‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निकै उफ्रिँदैछ रे त साथीहरू। अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी’ लेखेकी थिइन्।

पछि त्यसलाई सच्याएर ‘एउटा बलात्कारी आज निकै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी’ बनाएकी थिइन्।

यसपछि उनको आलोचना भइरहेको छ। यसपछि उनले आज पुन: अर्को स्टाटस लेखेकी हुन्। जहाँ उनले आफूलाई रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन् भन्ने दाबी गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा