2026-07-05 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऊर्जामन्त्रीविरुद्ध उजुरी छलफलका लागि बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित, गएनन् कांग्रेस सांसद

काठमाडौँ | प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ। २५ सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो।

बिहान ११ः३० बजे बोलाइएको बैठकमा १० सदस्यको मात्र उपस्थिति रह्यो। सङ्घीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आफ्ना सदस्यहरूको संसदीय समितिमा हुने उपस्थिति र खेल्ने भूमिकाका आधारमा मूल्याङ्कन हुने बताइरहेका बेला कोरम नपुगेर बैठक स्थगित हुन पुगेको छ।

सरकारका प्रतिनिधिको अनुपस्थिति भएमा बैठक नचलाइने अभ्यासअनुसार बैठकमा आमन्त्रण गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ भने समितिमा उपस्थित थिए।

मुगु कर्णाली र किमाथांका जलविद्युत आयोजना ठेक्का प्रक्रियामा भएका अनियमितताबारे समितिमा परेका उजुरीमाथि छलफल गर्न बैठक डाकिएको थियो। यी आयोजनामा मन्त्री खड्काले आर्थिक लेनदेन गरेको आरोप लागेको छ। उपयुक्त समयमा अर्को बैठक बस्ने समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए।

समिति बैठक बस्नको लागि १४ जना सांसद आवश्यक भएपनि १२ जना मात्रै सांसद उपस्थित भएको बताए। उनले दुई जना नपुगेर १ घण्टासम्म कुरे पनि सांसदहरु उपस्थित नभएकाले बैठक स्थगित भएको बताए। उनले शहीद दिवस र सार्वजनिक विदा भएकाले सांसदहरु बाहिर जिल्ला जानुपर्ने भएकाले पनि नेपाली कांग्रेसका सांसदहरुले बैठक सार्न आग्रह गरे पनि बैठक बोलाई सकेकाले स्थगित गर्न नसकिएको जानकारी दिए।

सभापति सि‌ंहले बैठकमा नेपाली कांग्रेसका दुई,एमालेका पाँच, माओवादीका एक, राप्रपाका दुई जना, जसपाबाट १ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना नै बैठकमा उपस्थित नभएको बताए। समितिको बैठक आगामी माघ २४ गते विहान साढे ८ बजेका लागि बोलाउने निर्णय भएको उनले जानकारी दिए।

उनले समितिमा कोरम पुर्‍याउँदा पुग्ने अवस्था भएपनि नेपाली कांग्रेसका एक जना पनि सांसदहरू बैठकमा उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको बताए।

सापकोटाले नेपाली कांग्रेसका सांसद कल्पना चौधरी र राजेन्द्र बजगाइं समितिमा आएर उपस्थित भएर मात्रै फर्किएको बताए। नेपाली कांग्रेसका सांसदहरू एजेण्डा प्रश्तुत गर्ने समयमा बाहिरी सकिएकाले बैठक अघि बढाउन नसकिएको बताए।

मन्त्रालयले समितिले कोरम पुर्‍याउन नसकेको देखाउनको लागि कांग्रेसका सांसदहरूलाई उपस्थित नगराएको देखिएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै