2026-07-05 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेले सभामुखसँग भने, मेरो निलम्बन फुकुवा गरी पाऊँ

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवा गर्न माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन्। लामिछानेसहित रास्वपाका सांसदहरूको टोलीले शुक्रबार सिंहदरबारमा पुगेर सभामुखसमक्ष निलम्बन फुकुवाका लागि निवेदन पेस गरेका हुन्।

उनले निवेदनमा आफूमाथि लागेको फौजदारी कसुरको अनुसन्धान भई अदालतमा अभियोग (मुद्दा) दायर भई अदालतहरुबाट आदेश भई थुनामुक्त भएको व्यहोरासमेत उल्लेख गरेका छन्।

सभामुख घिमिरेले लामिछानेलाई पुस ८ गते सांसद पदबाट निलम्बित गरेका थिए। लामिछानेविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा तीनवटा कसुरमा मुद्दा दायर भएको थियो। उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा विपक्षी बनाइएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका सभापति लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि उनी रिहा भएका थिए। यसैगरी लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै