३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेन्द्र पाण्डेको प्रश्न- दुई तिहाइ छ भन्दैमा सरकारले घमण्डी देखाउँदै मनलाग्दी गर्न पाइन्छ ?

१८ माघ २०८१, शुक्रबार १७:२७

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई तिहाइको घमण्ड नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले दुई तिहाइ छ भनेर पटक पटक भनिरहँदा जे मन लाग्यो त्यही गर्नलाई दुई तिहाइ बनेको हो भन्दै प्रश्न गरे । उनले दुई तिहाइको घमण्ड नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘अध्यादेश ल्याउने अहिलेको जुन ट्रेन्ड छ, यो ट्रेन्डले सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी अवस्था सिर्जना गरेर यो अध्यादेश पारित गर्नुपर्छ, अर्को उपाय छैन, यसमा खेल्ने ठाउँ छैन, यसमा छलफल गर्ने ठाउँ छैन भन्ने ढंगले जाने स्थिति देखिन्छ, अध्यादेशको ट्रेन्ड नै त्यही हो । दुई दल मिलेपछि दुई तिहाइ छ भनेर पटक पटक भनिरहँदा जे मन लाग्यो त्यही गरे भइहाल्यो नि त भन्ने भयो । जे मन लाग्छ त्यही गर्नु त्यही गर्नलाई दुई तिहाइ हो ?’

यसको साथै, उनले ६ महिनाको बीचमा केही काम राम्रोसँग देखाउन सकिएन, अब अध्यादेशबाट ढोका खोल्यौँ भन्नको लागि अध्यादेश ल्याएको बताए । अधिवेशन सुरु हुने केही दिनभित्रै जानी जानी हतार हतारमा अध्यादेशको बाढी ल्याएको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली