२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलिनाले पति विष्णुबिरुद्द लगाइन् यस्तो आरोप !

२०८१, १८ माघ शुक्रबार १८:०४

काठमाडौँ | गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग डिभोर्सका लागि मुद्दा दर्ता गरेकी छन् ।

उनले अंश वा माना चामल नलिने सर्तमा सम्बन्ध विच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन् ।

शुक्रबार दर्ता गरिएको फिरादमा उनले विष्णुले आफ्नो चरित्रमाथि शंका गरेको र वैवाहिक जीवन सुमधुर नभएको उल्लेख गरेकी छन् ।

लामो समय प्रेम सम्बन्धमा रहेका झापा निवासी एलिना र बागलुङका विष्णुले वैशाख ५ गते विवाह गरेका थिए । विष्णु अस्ट्रेलियामा बस्छन् र विवाहपछि एलिना पनि त्यहाँ गएकी थिइन्। तर, छोटो समयमै उनी नेपाल फर्किएपछि यहीँ बस्दै आएकी छन् ।

एलिनाले आफूमाथि हिंसा भएको वारेसमार्फत पठाएको मुद्दामा उल्लेख गरिएको छ ।

‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नु पर्ने हुन्थ्यो । तर विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो’, उनले सम्बन्धविच्छेदको मुद्दासम्बन्धी निवेदनमा भनेकी छन्, ‘बिहे गरेर म अस्ट्रेलिया गएकी थिएँ । त्यस्तैमा तीन महिनाको अस्ट्रेलिया बसाइपछि म नेपाल फर्किएँ । नेपाल फर्किएपछि पनि कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा ब्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका-उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा…।’

उनले विपक्षी भनिएका पतिले राम्रो व्यवहार नगरेकैले सम्बन्ध सुमधुर नहुँदा छुट्टिने निर्णय गरेको उल्लेख गरेकी छन् ।

‘…हामी दुईबीको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखेर म फिरादी र विपक्षी पतिबीच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नुभन्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आ-आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश-माना, चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु ।’

उनले विपक्षी भनिएका विष्णुलाई अदालतमा झिकाई कायम रहेको पति-पत्नीको नाता सम्बन्ध विच्छेद गराउन पनि माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ