१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोन्टी देसाईको बिदाइ सन्देश– यो बिदाइ होइन, धन्यवाद हो

२० माघ २०८१, आईतवार १५:२६

काठमाडौँ | नेपाल क्रिकेट टिमका निवर्तमान मुख्य प्रशिक्षक मोन्टी देसाईले जिम्मेवारीबाट अलग भएका छन् । जिम्मेवारीमुक्त भएपछि उनले आइतबार सामाजिक सञ्चालमार्फत एउटा बिदाइ सन्देश लेखेका छन् ।

उनले नेपाली खेलाडी, सहयोगी, समर्थक, नेपाल क्रिकेट संघ (क्यान) र आमनागरिकलाई सम्बोधन गरेर लामो बिदाइ सन्देश लेखेका छन् ।

उनले बिदाइ सन्देशमा यो बिदाइ नभएको बरु धन्यवाद भएको बताए । “नेपाल मेरो घरजस्तो भएको छ । यहाँको क्रिकेट खेलमात्र होइन, यो एक भावना हो, जसले यो राष्ट्रलाई एकजुट गर्छ ! जय नेपाल !,” उनले भनेका छन् ।

शनिबारमात्रै क्यानले देसाईसँगको सम्झौता अवधि (दुई वर्ष) पूरा भएको जनाउँदै अब नवीकरण नगर्ने जनाएको थियो ।

यस्तो छ देसाईको बिदाइ सन्देश

प्रिय नेपाल,

यो बिदाइ होइन, तर एक हार्दिक धन्यवाद हो ! जनवरी १०, २०२३ मा मैले नेपाल क्रिकेट संघसँगको अवसरलाई अँगालें । अज्ञातको सामना गर्दै उत्साह र उद्देश्यका साथ, नेपाल क्रिकेटमा दीर्घकालीन प्रभाव छोड्ने एउटा कथा बनाउने आशा गर्दै ।

यी दुई वर्ष अविस्मरणीय थिए, प्रिय क्षणहरू र साझेदारी गरिएको कोशेढुंगाहरूले भरिएका । त्रिवि मैदानमा एशिया कप छनोट, जहाँ दर्शकहरू रुखमा चढेर र छाता लिएर उभिएका थिए । र, मुलपानीमा विश्वकप छनोट, जहाँ भीड उर्जाशील थियो, यी सबैले नेपालको जोश र लचकता परिभाषित गरे ।

यो यात्रा उतार–चढावका क्षणहरूबाट भरिएको थियो । र, म खुसी छु कि मैले क्यान व्यवस्थापन, चयनकर्ता, खेलाडीहरू, प्रशिक्षकहरू, अधिकारीहरू, स्कोररहरू, मैदानकर्मीहरू, क्यामेरा म्यानहरू, कमेन्टेटरहरू र मेरो कप्तान रोहित पौडेलसँग सानो भूमिका निभाउन सकें । प्रत्येक व्यक्तिले आफ्नो तरिकाले योगदान दिएको छ र मैले बनाएको मित्रता र सहकार्यलाई गहिरो रूपमा कदर गर्छु ।

खेलाडीहरूलाईः तपाईहरू लाखौंको सपना बोकेर खेल्नुहुन्छ । सधैं धरातलमा रहनुहोस् । वान बल ब्याटल मानसिकतामा विश्वास गर्नुहोस् । र बाउन्ड्रीतर्फ अघि बढिरहनुहोस् । ह्यापी ड्रेसिङ रुमको दर्शन जुन सम्बन्ध, खुलापन, एकता र जिम्मेवारीमा आधारित छ, सधैं तपाईहरूको सामथ्र्य हुनेछ ।

सहायक स्टाफलाईः पर्दा पछाडि तपाईंहरूको निरन्तर प्रयासहरू अमूल्य थिए । मेरो माग केवल उत्कृष्टताका लागि हामीलाई अगाडि बढाउनको लागि थियो । मेरो पक्षमा खडा रहनु भएकोमा धन्यवाद ।

दर्शकहरूलाईः तपाईंहरूको अडिग समर्थन हाम्रो सबैभन्दा ठूलो बल थियो । यो टोलीमा विश्वास राख्न जारी राख्नुहोस् ।

क्यान व्यवस्थापनलाईः नेतृत्वको अवसरको लागि धन्यवाद । आधार तयार छ ! एकजुट रहनुहोस् र नेपाललाई गर्वित बनाउन जारी राख्नुहोस् ।

नेपालका जनतासम्मः नेपाल मेरो घर जस्तो भएको छ । यहाँको क्रिकेट खेल मात्र होइन, यो एक भावना हो जसले यो राष्ट्रलाई एकजुट गर्छ ! जय नेपाल !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल