२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइबर ब्यूरोको फेक इमेल बनाई ठगी गर्ने २ जना पक्राउ

२०८१, २२ माघ मंगलवार १६:२१

काठमाडौँ | नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरुपयोग गरी साइबर ब्यूरोको फेक इमेल बनाई ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका-७ का २० वर्षीय मनिष कुमार मेहता र देवानगन्ज गाउँपालिका-१ का २१ वर्षीय ईन्द्रजित यादव रहेका छन्।

साइबर ब्यूरोका प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थीका अनुसार उनीहरूले नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरुको नाम, दर्जा तथा कार्यालयको लोगो समेत दुरुपयोग गरी झुट्टा पत्र तयार गरी यस ब्यूरोको फेक इमेल ([email protected]) बनाएका थिए।

सोही इमेलमार्फत पीडितलाई डर त्रासमा पारी रकम माग गरी ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि प्रहरी अनुसन्धान सुरु गरेको थियो। उनीहरूलाई विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरिएको सूचना अधिकारी अवस्थीले बताए। दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा