२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँसबारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरीलाई उन्मुक्ति, सरकारले मुद्दा नचलाउने

२३ माघ २०८१, बुधबार १२:०१

काठमाडौँ | बाँसबारी छालजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा जोडिएका अरुण चौधरीविरुद्ध मुद्दा नचलाइने भएको छ । महान्यायाधिवक्ता कार्यालयले बाँसबारी छालजुत्ता कारखानाको जग्गा सरकारको नाममा आइसकेकाले मुद्दा चलाउन नपर्ने निर्णय गरेको हो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सीजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक चौधरी २०८० माघ १८ गते पक्राउ गरी अनुसन्धान गरेको थियो । पछि काठमाडौं जिल्ला अदालतले चौधरीलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सीआईबीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीसँग पनि कागजी बयान गराएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा उक्त जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सुरु भएको थियो । बालुवाटार जग्गा प्रकरणमा एमाले नेता विष्णु पौडेलको छोरालाई उन्मुक्ति दिएझै बाँसबारीमा विनोद चौधरीका भाई अरुणले पनि सत्ताको आडमा उन्मुक्ति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री