३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२२ वर्षीय माइकल जसले अनलाइन मार्फत ठगेर बनाए काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स

२३ माघ २०८१, बुधबार १३:४३

काठमाडौँ | कैलालीको बर्दगोरिया–६ निवासी माइकल डंगौरा अनलाइन स्क्याम र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन्। बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा बस्ने २२ वर्षीय डंगौराले सूचना प्रविधिको अध्ययनलाई दुरुपयोग गर्दै अनलाइनमार्फत ठगी धन्दा सञ्चालन गरेको अनुसन्धानले देखाएको छ।

२०८१ पुस पहिलो साता पक्राउ परेका डंगौराले अनलाइन ठगीबाट आर्जित रकम प्रयोग गरी काठमाडौँको भंगालमा ३.५ करोडको घर र क्रेटा गाडी किनेका थिए। उनको बैंक खातामा ४ करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ। सीआईबीका प्रवक्ता एसपी सुधिरराज शाहीका अनुसार, बैंक खातामा रहेको रकम रोक्का राखेर अनुसन्धान अघि बढाइएको छ।

डंगौराले डेढ वर्षदेखि ठगी धन्दा सञ्चालन गर्दै आएको खुलासा भएको छ। उनले आफ्नो गाउँमा समेत भव्य घर बनाएका थिए। गाउँमा आउजाउ गर्ने क्रममा उनले अनिल विश्वकर्मालाई काम गर्न प्रस्ताव गरेका थिए। २६ वर्षीय अनिल, जो बेरोजगार थिए, माइकलको निर्देशनमा विभिन्न बैंक खाता खोलेर रकम ट्रान्सफर गर्ने काम गर्थे। उनलाई कैलालीबाट पक्राउ गरिएपछि माइकल पक्राउ परेका हुन्।

अनलाइन स्क्याम र हुण्डी कारोबारमा संलग्न सात जना पक्राउ
माइकल र अनिलसँगै क्रिप्टो करेन्सी, अनलाइन स्क्याम र हुण्डी कारोबार गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानीलकण्ठ बस्ने २९ वर्षीय पियुष श्रेष्ठ, दोलखा घर भएका १९ वर्षीय आश्विन चौलागाईं, रौतहट घर भएका २२ वर्षीय सत्यम कुमार सहनी, काठमाडौँ बस्ने भारतीय नागरिकद्वय २७ वर्षका रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार छन् ।

अनुसन्धान अनुसार, यी व्यक्तिहरूले हालसम्म ३ अर्ब रुपैयाँ ठगी गरिसकेको प्रारम्भिक रिपोर्ट छ। एसपी शाहीका अनुसार, मोबाइलको डिजिटल फरेन्सिक रिपोर्ट आएपछि ठगीको वास्तविक परिमाण अझै बढ्न सक्छ।

ठगीको कार्यशैली
उनीहरू सामाजिक सञ्जालमा लिंक पठाएर पीडितलाई क्लिक गर्न उक्साउँथे। एकचोटि लिंक क्लिक गरेपछि, पीडितको वालेटमा पहुँच बनाएर ओटीपी मागेर ह्याक गर्ने गर्थे। त्यसपछि माइकलको निर्देशनमा विभिन्न खातामा रकम ट्रान्सफर गरिन्थ्यो।

यी ठगहरूले ‘घरमै बसेर कमाउन सकिन्छ’ भन्ने अफर दिएर सर्वसाधारणलाई आफ्नो बैंक खाता नम्बर दिन उक्साउँथे। यस्ता खाताहरूमा ठगीको रकम पठाएर खाताधारकलाई १०% कमिशन दिएर अन्य खातामा ट्रान्सफर गर्न लगाइन्थ्यो।

हुण्डी कनेक्सन र अन्तर्राष्ट्रिय संलग्नता
यस प्रकरणको अनुसन्धानका क्रममा ठगहरूले विदेशबाट हुण्डीमार्फत रकम नेपाल ल्याउने र क्रिप्टोमा रूपान्तरण गर्ने गरेको भेटिएको छ। माइकल डंगौरा समूहसँग सम्बन्धित एक जना बंगलादेशी नागरिक क्रिप्टो कारोबारमा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

हाल माइकलसहित पक्राउ परेका सात जनामाथि संगठित ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। एसपी शाहीका अनुसार, अनुसन्धानको दायरा क्रिप्टोकरेन्सी कारोबारसम्म विस्तार गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए