७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा बस र मोटरसाइल ठोक्किए, एकजनाको मृत्यु, १८ घाइते

२३ माघ २०८१, बुधबार १६:२८

काठमाडौँ | गल्छी–देवीघाट–त्रिशूली–रसुवागढी सडकखण्डअन्तर्गत नुवाकोटको तारकामा सडक दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्। गल्छी–देवीघाट–त्रिशूली सडकखण्डको बीचमा रहेको वेलकोटगढी नगपालिका ७ कल्चेडीभीर,तारुकाघाटमा बुधबार यात्रुबस र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

काठमाडौंबाट गल्छीहुँदै त्रिशूलीतर्फ जाँदै गरेको वा ३ ख ५५४७ नम्बरको बस र रातमाटेबाट गल्छीतर्फ जाँदै गरेको वा ५८ प २८०४ नम्बरको मोटरसाइकल ठोक्किर दुर्घटनन हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना यात्रु घाइते भएको प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक स्थानीय वेलकोटगढी -७ का २२ वर्षीय जीवन राईको ज्यान गएको हो । घाइतेमध्ये तीनजना गम्भीर रहेका छन् ।

घटनालगत्तै सर्वसाधारण तथा मृतकका आफन्तले गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध गरेका छन्। सडकमार्गमा दर्जनौं सुरक्षाकर्मी परिचालन गरिएका छन् । घाइतेमध्ये १५ जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।

भित्तातर्फको ढुंगामा गएर बस बजारिएको वेलकोटगढी ७ का वडाध्यक्ष भुवनेश्वर नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी