2026-09-18 04:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा बस र मोटरसाइल ठोक्किए, एकजनाको मृत्यु, १८ घाइते

काठमाडौँ | गल्छी–देवीघाट–त्रिशूली–रसुवागढी सडकखण्डअन्तर्गत नुवाकोटको तारकामा सडक दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्। गल्छी–देवीघाट–त्रिशूली सडकखण्डको बीचमा रहेको वेलकोटगढी नगपालिका ७ कल्चेडीभीर,तारुकाघाटमा बुधबार यात्रुबस र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

काठमाडौंबाट गल्छीहुँदै त्रिशूलीतर्फ जाँदै गरेको वा ३ ख ५५४७ नम्बरको बस र रातमाटेबाट गल्छीतर्फ जाँदै गरेको वा ५८ प २८०४ नम्बरको मोटरसाइकल ठोक्किर दुर्घटनन हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना यात्रु घाइते भएको प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक स्थानीय वेलकोटगढी -७ का २२ वर्षीय जीवन राईको ज्यान गएको हो । घाइतेमध्ये तीनजना गम्भीर रहेका छन् ।

घटनालगत्तै सर्वसाधारण तथा मृतकका आफन्तले गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध गरेका छन्। सडकमार्गमा दर्जनौं सुरक्षाकर्मी परिचालन गरिएका छन् । घाइतेमध्ये १५ जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।

भित्तातर्फको ढुंगामा गएर बस बजारिएको वेलकोटगढी ७ का वडाध्यक्ष भुवनेश्वर नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया