२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला प्रहरी मृत फेला : शाली नदी मेलाको ड्युटीबाट खाना खाने भन्दै फर्किएकी थिइन् ब्यारेक

२०८१, २३ माघ बुधबार १८:११

काठमाडौँ | काठमाडौंको साँखुस्थित प्रहरी प्रभागको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्।

बर्दिया घर भएकी २३ वर्षीया निशा चौधरी बुधबार मध्यान्ह करिब १२ बजेतिर ब्यारेकभित्र आफ्नै सलको पासो लगाएर सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरी सेवामा प्रवेश गरेको तीन वर्षमात्रै भएको चौधरी हाल प्रहरी वृत्त गौशालामा कार्यरत थिइन्। उनी शाली नदी मेलाको सुरक्षार्थ खटिएकी थिइन्।

ब्यारेकको कोठामा चौधरीसहित तीन जना प्रहरी जवान बस्ने गर्थे। उनीहरू बुधबार बिहान मेलाको ड्युटीमा खटिएका थिए। ड्युटी सकेर दुई जना मेलामै खाना खान बसेका थिए, जबकि चौधरी ब्यारेकमै आएर खाना खाने भन्दै फर्किएकी थिइन्।

तर, लामो समयसम्म पनि उनी कोठाबाट बाहिर ननिस्केपछि सहकर्मीहरूले बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि झ्याल फोडेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

चौधरीका श्रीमान् वैदेशिक रोजगारीमा विदेशमा रहेका छन्। परिवारका सदस्यहरू आएपछि शव पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिएका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ