१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला प्रहरी मृत फेला : शाली नदी मेलाको ड्युटीबाट खाना खाने भन्दै फर्किएकी थिइन् ब्यारेक

२३ माघ २०८१, बुधबार १८:११

काठमाडौँ | काठमाडौंको साँखुस्थित प्रहरी प्रभागको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्।

बर्दिया घर भएकी २३ वर्षीया निशा चौधरी बुधबार मध्यान्ह करिब १२ बजेतिर ब्यारेकभित्र आफ्नै सलको पासो लगाएर सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरी सेवामा प्रवेश गरेको तीन वर्षमात्रै भएको चौधरी हाल प्रहरी वृत्त गौशालामा कार्यरत थिइन्। उनी शाली नदी मेलाको सुरक्षार्थ खटिएकी थिइन्।

ब्यारेकको कोठामा चौधरीसहित तीन जना प्रहरी जवान बस्ने गर्थे। उनीहरू बुधबार बिहान मेलाको ड्युटीमा खटिएका थिए। ड्युटी सकेर दुई जना मेलामै खाना खान बसेका थिए, जबकि चौधरी ब्यारेकमै आएर खाना खाने भन्दै फर्किएकी थिइन्।

तर, लामो समयसम्म पनि उनी कोठाबाट बाहिर ननिस्केपछि सहकर्मीहरूले बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि झ्याल फोडेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

चौधरीका श्रीमान् वैदेशिक रोजगारीमा विदेशमा रहेका छन्। परिवारका सदस्यहरू आएपछि शव पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिएका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र