सम्राट सिंह | साउन ७, बझाङ | जयपृथ्वी नगरपालिका १ कैलासका जनप्रतिनिधिहरुले पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरेको छ । मदिराका कारण गाउँमा झै–झगडा हुने, मदिरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन ७, बझाङ | जयपृथ्वी नगरपालिका १ कैलासका जनप्रतिनिधिहरुले पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरेको छ । मदिराका कारण गाउँमा झै–झगडा हुने, मदिरा"/>
2026-07-01 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जनप्रतिनिधिले गरे मदिरा निषेध गर्ने निर्णय

सम्राट सिंह | साउन ७, बझाङ | जयपृथ्वी नगरपालिका १ कैलासका जनप्रतिनिधिहरुले पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरेको छ । मदिराका कारण गाउँमा झै–झगडा हुने, मदिरा सेवन गरी सभा–समारोहमा होहल्ला गर्ने र विभिन्न किसिमका घटनाहरुमा बृद्वि भइरहेको भन्दै जनप्रतिनिधिले पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरेको हो । 

शुक्रबार कैलासका जनप्रतिनिधिहरुले मदिरा निषेध गर्ने निर्णयको बोदार्थ जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । मदिराका कारण गाउँलेहरुमा झै–झगडा हुने र समाजमा विकृति छाउने जस्ता विभिन्न अपराधिक घटनाहरुमा बृद्वि हुन थालेपछि मदिरा निषेध गर्ने निर्णय गरेको जयपृथ्वी नगरपालिका १ कैलासका अध्यक्ष गगन बहादुर सिंहले बताए । 

जनताले मलाई जसरी मतदान गरी विजयी गरायो त्यसरी नै कैलासलाई जिल्लाकै नमुना वडा बनाउने उनको भनाइ छ । 

बझाङ जिल्लामा महिला हिंसा, बलात्कार, चोरी डकैती, हत्या जस्ता अधिकांश घटनाहरु पनि मदिरा कै कारण घट्ने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जनप्रतिनिधिले यसरी पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरी सभ्य समाज बनाउन पहल गरेको कैलासका कमल विकले बताए । जनप्रतिनिधिले गरेको निर्णय सकारात्मक भएको भन्दै गाउँका सबैले यसमा साथ दिनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ