2026-07-05 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीले अन्तर्जातीय विवाह तोड्न निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको सांसद नेपालीको आरोप

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले सरकारको हात्तीको दाँत जस्तै दोहोरो चरित्र रहेको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि व्यवहारमा लागू नभएको भन्दै सरकारले हात्तीको दाँत जस्तै दोहोरो चरित्र देखाएको बताए।

उनले भने, ‘मलाई यो सरकार हात्तीको दाँत जस्तै लाग्न थालेको छ। देखाउने एउटा चपाउने एउटा यो सरकारको चरित्र पनि त्यस्तै हो कि? के प्रेम गर्नु अपराध हो? सरकारले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको तर व्यवहार उल्टो छ। अन्तर्जातीय विवाह गर्ने दलित सतेन्द्रराम चमार र नेहा रौनियारको विवाह दर्ता भइसकेको पनि जबर्जस्ती तोड्न गृहमन्त्रीकै निर्देशनमा राज्यशक्ति दुरुपयोग भइरहेको भन्ने खबर अत्यन्तै गम्भीर छ। सरकारले जवाफ दिनुपर्छ।’

उनले अन्तर्जातीय विवाह जबर्जस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको आरोप लगाए।

मंगलबार नयाँपत्रिका दैनिकले गृहमन्त्री लेखकै निर्देशनमा अन्तर्जातीय प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले पटक-पटक पक्राउ गरी थुनामा राखेको समाचार सार्वजनिक गरेको थियो।

नयाँपत्रिकाका अनुसार रामविरूद्ध बालविवाहको मुद्दा दायर गरिएको र प्रहरीले उनलाई मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो।

अन्तर्जातीय विवाह छुटाउनकै लागि गृहमन्त्रीकै निर्देशनमा यसरी यातना दिइएको उनीमाथि आरोप छ। तर, गृहमन्त्री लेखकले भने त्यसमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

गृहमन्त्रीको बारेमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेर आपत्ति जनाएको छ।

त्यसैगरी त्यसबारेमा प्रहरी प्रधान कार्यालयले पनि विज्ञप्ति निकालेर रामलाई बालविवाह मुद्दामा पक्राउ गरिएको र अदालतको आदेशमा ३० हजार धरौटीमा छुटी मुद्दा विचाराधीन रहेको भनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै