३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन्

२४ माघ २०८१, बिहीबार १७:१३

काठमाडौँ | प्रमुख सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री रहिरहने परिस्थिति समाप्त भएपछिको परिस्थिति बुझेरै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति आएको टिप्पणी गरेका छ ।

संसद् बैठकमा दलीय प्रतिनिधित्व गर्दै विशेष समयअन्तर्गत बोल्ने क्रममा कांग्रेसका प्रवक्तासमेत रहेका सांसद डा. प्रकाशशरण महतले यस्तो टिप्पणी गरेका हुन् ।

‘नेपाली कांग्रेससँग सहकार्य गरे पनि, एमालेसँग सहकार्य गरे पनि प्रधानमन्त्री प्रचण्डजीकै हुन्छ । आफूभन्दा बाहिर जाँदैन भन्ने मानसिकतामा हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यो परिस्थिति समाप्त भएकाले धेरै अभिव्यक्ति त्यसबाट अभिप्रेरित भएर आएको मैले महसुस गरेँ ।’

सांसद महतले कांग्रेससँगको अघिल्लो गठबन्धन भत्काएर नेकपा एमालेसँग सत्ता साझेदारी गरेपछि प्रधानमन्त्रीका हैसियतमा प्रचण्डले दिएको अभिव्यक्तिसमेत स्मरण गराए ।

‘नेपाली कांग्रेससँगको गठबन्धन छाड्नु भयो । त्यसबेला आर्थिक स्थिति मैले भनेजस्तो भएन, अर्थमन्त्रीले सहयोग गरेन भन्ने जस्तो अभिव्यक्ति दिनुभयो,’ महतले भने, ‘तर, आज फेरि उहाँले त्यसबेला एक–एक गरेर धेरै उपलब्धि भएका थिए, मेरै नेतृत्वको सरकारले गरको भनेर दोहोर्‍याउनुभयो ।’

तत्कालीन अर्थमन्त्री रहेका सांसद महतले कांग्रेस र माओवादी गठबन्धनको सरकारको बेला आर्थिक मन्दीको अवस्था रहेको बताए । ‘त्यो अवस्थाबाट जुन आर्थिक रुपमा अगाडि बढाउने हामीले सशक्त कोसिस गर्‍यौँ,’ उनले भने, ‘त्यसमा हाम्रो सहभागिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यो उहाँ (प्रचण्ड)ले बुझ्नु पर्दछ ।’

महतले माओवादी अध्यक्ष प्रचण्डले बिहीबारको बैठकमा कांग्रेसकाप्रति गरेको टिप्पणीलाई आफ्नो पार्टीले अस्वाभाविक रुपमा नलिएको पनि स्पष्ट पारे । ‘प्रतिपक्षीले सत्तापक्षलाई आलोचना गर्छन्, हामीले अस्वाभाविक रुपमा लिएका छैनौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली