2026-07-05 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुरामको दस्ताबेज: प्रचण्डलाई गोरखा-२ छाड्नु गम्भीर गल्ती भयो

काठमाडौँ | नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका लागि आफ्नो निर्वाचन क्षेत्र गोरखा नं. २ छाड्नु गम्भीर गल्ती भएको बताएका छन्।

आइतबार (आज) सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा प्रेषित ३२ पृष्ठ लामो दस्ताबेजमा उनले यो बताएका हुन्।

‘२०७९ असारमा नेपाल समाजवादी पार्टीको रूपमा पुनर्गठित गरिसकेपछि २०७९ मंसिरमा भएको आम निर्वाचनमा माओवादी केन्द्रसँग साझा चुनाव चिह्न लिनु र निर्वाचन क्षेत्र गोरखा २ प्रचण्डलाई छोड्नु गम्भीर गल्ती थियो,’ उनले आफ्नो दस्ताबेजमा भनेका छन्, ‘भर्खर एमालेबाट अलग्गिएपछि अप्ठ्यारोमा परेको माओवादी केन्द्र र भर्खर नेसपाको रूपमा पुनर्गठित भएको बेला अलमलमा परेका हामीबीचको हतारो निर्णयको दुष्परिणाम थियो त्यो चुनावी तालमेल।’

यस्तै उनले मधेसकेन्द्रित दलहरूसँग पार्टी एकता गरेर पनि आफूहरूले गल्ती गरेको औँल्याएका छन्। ‘जनता समाजवादी पार्टी बनायौँ। हाम्रो मनसाय पवित्र थियो। हिमाल, पहाड, मधेस जोडेर हामी राष्ट्रिय एकता समृद्ध गर्न चाहन्थ्यौँ। एकातिर त्यो प्रयोग लामो समय टिकेन। अर्कोतिर पुरानै सोच र शैली भएकाहरूसँगको एकताले हाम्रो वैकल्पिक राजनीतिक पहिचान र स्वच्छ नैतिक छविलाई समेत प्रश्न गर्ने ठाउँमा पुऱ्याइदियो,’ भट्टराईले भनेका छन्।

पछिल्लो संसदीय निर्वाचनमा माओवादी अध्यक्ष दाहालका लागि भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ छाडिदिएका थिए। त्यस्तै माओवादीको चुनाव चिह्न हँसिया हथौडाबाट नेसपाका नेताहरूले चुनाव लडेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै