2026-07-05 12:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महेश बस्नेत भन्छन्: ‘बालेन भाइले कस्तो सिटी बनाउन खोजेको हो बुझिनसक्नु छ’

काठमाडौँ | टेकुमा आइतबार नगर प्रहरी र कवाडी व्यवसायीबीच झडप हुँदा पाँच जना घाइते भए।

काठमाडौं महानगरपालिकाले कवाडी गोदाम हटाउने क्रममा बल प्रयोग गरेर व्यवसायीलाई विस्थापित गर्न खोजेको आरोप लागिरहेको छ। यसै विषयमा एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत मेयर शाहको नीति र कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

‘टेकुमा कवाडी गोदाम हटाउन पुगेको महानगर प्रहरीलाई व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको छ। दुई जना कवाडी व्यवसायी र दुई जना नगर प्रहरी घाइते भएका छन्,’ बस्नेतले लेखेका छन्, ‘व्यवसायी र गरिबहरूलाई विस्थापित गरेर नगर प्रहरीले अवान्छित ढंगले बल प्रयोग गरी लखेट्न लगाएर बालेन भाइले कस्तो ब्यालेन्स सिटी बनाउन खोजेको बुझिनसक्नु छ।’

काठमाडौं महानगरको नगर प्रहरी बलका अनुसार नगर प्रहरीले अवैध संरचना हटाउने क्रममा व्यवसायीले बोत्तल प्रहार गरेपछि दोहोरो झडपको स्थिति आएको थियो।

महानगर प्रहरीको टोली डोजर लिएर कवाडी संकलन केन्द्र भत्काउन पुगेपछि व्यवसायीहरू विरोधमा उत्रिएका थिए। नगर प्रहरी बलका अनुसार प्रहरीले टोलीले अवैध संरचना हटाइरहँदा कवाडी व्यवसायीले प्रहरीमाथि सिसाको बोत्तल प्रहार गरेका थिए। सोक्रममा प्रहरीले आत्मरक्षाका लागि बल प्रयोग गरेको थियो।

उनीहरूले आफ्नो व्यवसाय हटाउन नदिने अडान लिएपछि स्थिति तनावग्रस्त बनेको थियो।

नगर प्रहरीले व्यवसायीलाई विस्थापित गरेर बल प्रयोग गरिरहेको भन्दै कतिपयले विरोध जनाइरहेका छन् भने महानगरले अनधिकृत संरचना हटाउनुपर्छ भन्ने अडान राखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै