साउन ८, काठमाडौँ | ‘सायद २’ की अभिनेत्री स्यारोना श्रेष्ठले निर्माता सुनिल रावलमाथि लगाएको आरोपमा अर्की अभिनेत्रीले समेत साथ दिएपछी चलचित्र नगरीमा हंगामा मच्चिएको छ । गत बिह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ८, काठमाडौँ | ‘सायद २’ की अभिनेत्री स्यारोना श्रेष्ठले निर्माता सुनिल रावलमाथि लगाएको आरोपमा अर्की अभिनेत्रीले समेत साथ दिएपछी चलचित्र नगरीमा हंगामा मच्चिएको छ । गत बिह"/>

2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्रीहरुले प्रेमिका बन्न अफर गरेको र यौनदुव्र्यवहार गरेको कुरा खुलाएपछी… !

साउन ८, काठमाडौँ | ‘सायद २’ की अभिनेत्री स्यारोना श्रेष्ठले निर्माता सुनिल रावलमाथि लगाएको आरोपमा अर्की अभिनेत्रीले समेत साथ दिएपछी चलचित्र नगरीमा हंगामा मच्चिएको छ । गत बिहीबार पत्रकार सम्मेलन गर्दै स्यारोनाले निर्माता सुनिल रावलले आफूलाई पारिश्रमिक नदिएको, प्रेमिका बन्न अफर गरेको, एयर होस्टेज बनाइदिन्छु भन्दै यौनदुव्र्यवहार गर्न खोजेको आरोप लगाएकी थिइन् । स्यारोनाको उक्त आरोप सत्य भएको भन्दै अर्की अभिनेत्री प्रकृति श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै साथ दिएकी छन् । 

प्रकृतिले फेसबुकमा लेखेको उक्त स्टाटसले के बुझाउँछ भने प्रकृतिलाई पनि सुनिलले नै डेब्यु गराएका हुँदा प्रकृति पनि सुनिलबाट  पीडित भएको हुन सक्ने देखिन्छ । यता, निर्माता तथा निर्देशक सुनिल रावलले भने स्यारोनाले गलत अफवाह फैलाएको बताउँदै आएका छन् । स्यारोनले सुनिललाई त्यतिकै निराधार आरोप लगाएकी भने छैनन् किनकी उनले खुलेरै भनेकी छन् -‘आवश्यक पर्छ भने प्रमाण पनि जुटाउन तयार छु ।’ 

जे होस् सुनिललाई आरोप थपिने क्रम बढेपछी सुनिलनै गलत हुन् कि भन्नेमा आशंका उब्जिएको छ । नेपाली चलचित्र नगरीमा धेरै निर्देशकहरुको भित्री कर्तुत बाहिर नआउने र अभिनेत्रीहरुले समेत बिबिध कारण आफूमाथि हुने त्यसखाले ब्यबहारको सार्वजनिकीकरण गर्ने गरेका छैनन् । तर पछिल्लो समय खोलिएको यस खाले आरोप सत्य नहोला भन्न भने सकिन्न । यदी निर्देशक शुनिल सहि छन् भने पनि उनले अभिनेत्रीहरुसँग डटेर सामना गर्नुपर्छ अन्यथा उनि माथि लागेको आरोप सामान्य भने हैन । 

यस्तो छ प्रकृति श्रेष्ठको फेसबुकमा स्यारोनाको समर्थन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई