Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भिरबाट लड्दै गरेको घोरलको पाठो स्थानियद्धारा जिवितै उद्धार

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/साउन ८, डोल्पा । त्रिपूरा सुन्दरी नगरपालिकाका एक स्थानिय ब्यक्तिले सारक्षित बन्यजन्तु घोरलको जिवितै उद्धार गरेका छन ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ति क्षेत्र भित्रको त्रिपूरा सुनदरी नगरपालिका वडा नँ २ मा पर्ने रातो भिरबाट घाइते घोरललाइ जिवितै उद्धार गरिएको छ ।

त्रिपूरा सुन्दरी नगरपालिका वडा नँ १ का भानुचन्द्र उपाध्यायले एक्लै भिरबाट लडेको घोरलको उद्धार गरेको उपाध्यायले बताए । उपाध्यायका अनुसार सदरमुकामबाट घर फर्किदै गरेको बेलामा साझ पख लामपुच्छे मल्छेले लखेटर भिरबाट लडेको देखे पछि आफुले बचाएको बताए ।

पानि बाहेक अन्य सबै ठाँउमा सजिलै शिकार गर्न सिक्ने लामपुच्छे मल्छेले आहाराको लागि घोरलको पाठोलाइ शिकार गर्न लागेको र भिरबाट लडेर भेरि नदिको किनारमा परे पछि पाठो अचेत अबस्थमा घोरलको भेटाएको र सामान्य घाइते पनि भएकोले सजिलै उद्धार गर्न सकेको भानुचन्द्र उपाध्यायले बताए ।

घाइते घोरलको पाठो अन्दाजी ६ मनि भन्दा माथिको भएको स्थानियले अनुमान गरेका छन । समान्य उपचार पछि ठिक भएको र अत्यन्त स्वस्थका साथै फुर्तिलो भएकोले अब उ बाच्न सक्ने आफुले बन्यजन्तुको जिवन बचाउन पाएको भन्दै भानुचन्द्रले खुसि ब्यक्त गरे ।

मध्यवर्ति भित्र सँरक्षित बन्यजन्तु घोरलको जिवितै उद्धार गरे पछि उ्रक्त घोरलको पाठोलाइ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय शुलिगार्डमा बुझाइने भएको छ । दैनिक बन्यजन्तुको शिकार गरि रहेको बेलामा एक ब्यक्तिले हातमा आफै आएको बन्यजन्तुको उद्धार गर्नु उदाहरणिय काम गरेकोले धन्यबाद ज्ञापन गर्दै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाउने त्रिपूरा सुन्दरी मध्यवर्तिका अध्यक्ष टिकादत्त न्यौपानेले बताए ।

यस भन्दा पहिला पनि नेपालको राष्ट्रिय पञ्क्षी डाँफेको उपचार गरि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा बुझाइएको थियो । हाल डोल्पा र मुगु जिल्लामा फैलिएर रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा लोपउन्मूख हिउ चितुवा,कस्तुरि,नावर,झारल,घोरल र डाफे लागयतका पञ्क्षि तथा बन्यजन्तुहरु सँरक्षित रहेका छन ।