2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते

काठमाडौँ | अमेरिकामा एक निजी विमान अर्काे विमानमा ठोक्किएर दुर्घटना भएको छ ।

एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार दिउँसो भएको विमान दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सीएनएनका अनुसार टेक्सासको अस्टिनबाट आएको लिअरजेट ३५ए विमान अवतरण गर्ने क्रममा पार्किङ गरिराखिएको गल्फस्ट्रिम २०० जेटमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। उक्त विमान अमेरिकी रक ब्याण्ड मोट्ली क्रुका गायक भिन्स नील स्वामित्वमा रहेको थियो, तर नील भने विमानमा सवार थिएनन्।

अवतरणको क्रममा ल्यान्डिङ गियर फेल भएपछि विमान रनवेबाट चिप्लिएर पार्किङ गरिराखिएको जहाजमा ठोक्किएको थियो। दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको स्कट्सडेल विमानस्थलका अधिकारीहरूले जनाएका छन्।

तीन जना घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ।

घटनाबारे अनुसन्धान गर्न संघीय उड्डयन प्रशासनर नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डको टोली परिचालन गरिएको छ। विमानस्थल प्रशासनले रनवे बन्द गर्दै यात्रुहरूलाई वैकल्पिक व्यवस्था गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक