2026-07-05 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपाका केन्द्रीय सदस्यसहित १०० जना कांग्रेसमा प्रवेश

काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्न पार्टीका १०० जना नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा आयोजित विशेष कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन्। देउवाले पार्टीमा प्रवेश गर्नेहरूलाई खादा ओढाएर कांग्रेसको साधारण सदस्यता प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नवप्रवेशीहरूलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गर्दै भने, “पार्टीमा अवसर बाँडफाँट गर्दा नयाँ र पुरानोभन्दा पनि योगदान र सक्रियता प्रमुख आधार हुनेछ। तपाईंहरू सबै कांग्रेसलाई अझ बलियो बनाउन लागि पर्नुहोस्।”

रामेछापका जिल्ला सभापतिसमेत रहेका उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले रामेछाप, दोलखा लगायतका विभिन्न जिल्लाका नेता-कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउन समन्वय गरेका थिए। उनले नवप्रवेशीहरूलाई स्वागत गर्दै कांग्रेसमा कसैलाई अन्याय हुन नदिने भन्दै संगठनलाई बलियो बनाउन आग्रह गरे।

पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद दिलमान पाख्रिन, दोलखा कांग्रेस सभापति वर्मा लामा लगायतका नेताहरूको उपस्थिति थियो।

कांग्रेसमा प्रवेश गर्नेहरूमा जसपाका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रामेछापका उपाध्यक्ष दशराम सुनुवारसहित विभिन्न दलका १०० जना नेता तथा कार्यकर्ताहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै