२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलडिओे रातारात भाग्नुको रहस्य खुल्यो

२०७४, ९ श्रावण सोमबार ०७:१२

नन्दराम जैशी/साउन ९, जुम्ला । जुम्लामा यतिखेर एलडिओ रातारात भागेको प्रशंगले चर्चा पाएको छ । 

एलडिओे रातारात भागेको बिषयमा जुम्लाका हरेक स्थानिय तहसम्म मात्र होइन, संचार माध्ययम र सामाजिक संजालहरुमा समेत टिका टिप्पणि भैरहेका छन् । तर स्थानिय विकास अधिकारी तथा एलडिओे हरीनारायण बेल्वासेले आफु रातारात भागेको भन्ने बिषयमा गलत प्रचार प्रसार भएको दावि गरेका छन् । उहाले भन्नुभयो, म रातारात भागेको होइन, यसलाइ गलत प्रचार गरीएको हो । सबैको सामु भाषण गरेर जानुपर्छ भन्ने कँहा छ र । म ब्यक्तिगत कामले जिल्ला छोडेको हँु । घरमा मेरो बुवा सिकिस्त बिरामि हुनुहुन्थ्यो । बुवाको उपचारका लागि म काठ्माडौ झरेको हुँ, उहाले भन्नुभयो । 

आफुले साउन ३ गते बिहान ५ बजेपछि जुम्ला छोडेको दावि गर्दै साउन २ गते राति भागेको भनि आफुलाइ डाहा गर्नेहरुले हल्ला फैलाएको उहाको तर्क छ । उहाँले भन्नुभयो, जिल्ला छोडेको बिषयमा प्रमुख जिल्ला अधिकारी र क्षेत्रिय प्रशासकलाइ अग्रिम जानकारी गराएको थिए । मलाइ स्कटिङ गरेर घर पुर्याएको भन्ने स्थानियको बुझाइ छ । यो गलत हो । 

एउटै गाडिमा मेरो परिवार सहित डिएसपि, आर्मिहरु बस्दैमा स्कटिङ भन्न मिल्दैन । साथै आफ्नै कर्मचारी तथा उपभोक्ताहरुबाट आफु असुरक्षित रहेको बिषयमा उहाले यसअघिदेखि सार्वजनिक गर्दै आएका छन् । कार्यालयमा भएका कमिकमजोरीलाई सच्याउन खोज्दा आफ्नै कर्मचारीहरुको धम्की सहनु परेको भन्दै आयोजानामा भएको कामको आधारमा उपभोक्तालाइ रकम भुक्तानि गर्न खोज्दा उनिहरुबाट आउने गरेको धम्कीबाट पनि आफुले असुरक्षित महशुस गरेको एलडिओ बेल्वासेको भनाइ छ । 

उहाले भन्नुभयो, जिल्लामा संचालित योजनामा काम भए नभएको बिषयमा आफुलाइ संका लागेपछि अनुगमन गरेर मात्र रकम भुक्तानि दिने भनिएको हो । मलाइ भुक्तानि दिन कुनै आपत्ति छैन । तर हेर्न त पाउनु पर्यो । मैले त्यहि कुरो गर्दा उपभोक्ता समितिका पदाधिकारीहरु मेरो श्रिमतिलाइ समेत धम्की दिन आए त्यसैले आफु असुरक्षित रहेको उहाँको भनाइ छ ।

एलडिओ झिकाउन उपभोक्ताको दबाब     

गोठीचौर गाउँपालिकाका उपभोक्ताले जिल्ला प्रशासन कार्यालय जुम्लालाइ एक हप्ता भित्र एलडिओ झिकाउन दबाद दिएका छन् । 

जनताले गरेको विकासलाई लत्याउँदै भुक्तानी नदिई एलडिओे भागेपनि प्रशासन मुखदर्शक भएको भन्दै उनीहरुले चाँडो भन्दा चाँडो एलडिओलाई बोलाइ आफुले गरेको कामको भुक्तानि दिने बाताबरण मिलाउन प्रशासनलाइ दबाब दिएका हुन् । 

जिल्लाका अन्य विकासे योजनासँगै विशेषगरी गोठीचौर गाउँपालिकाका छेडादह सडक निर्माण र चोत्रा रामी दोहा हुदै मौरे सडकको निर्माणको आधा रकम भुक्तानि नदिएको पाईएको छ । 

छेडादह सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन महताराले समुदायले कार्य सम्पादन गरेको प्राविधिक प्रतिवेदन स्थानीय विकास अधिकारीको कक्षमा पुग्दा समेत वास्ता नगरी एका एक भागेको भन्दै तत्काल फिर्ता वोलाएर कामको ज्याला उपलव्ध नभए प्रशासन विरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो । जसमा छेडादहको ८ लाख मध्य ३ लाख र चोत्रा, मौरेको २४ लाख ६० हजार मा ६ लाख ६० हजार रुपैया भुक्तानी नलिएको पाइएको छ ।  

राजनितिक दलहरुको एलडिओप्रति आपत्ति

जुम्लाका राजनितिक दलहरुले पनि एलडिओ भागेकोमा आपत्ति जनाएका छन् । 

आर्थिक बर्षको अन्त्यमा विभिन्न आयोजनाको काम सम्पन्न भइ प्राविधिक रिपोर्ट पेश भएपनि भुक्तानि नदिइ एलडियो भाग्नु सड्यन्त्र भएको दलहरुको भनाइ छ । 

नेपालि कांग्रेस जुम्लाका सचिब कार्मा बुढाले भन्नुभयो, काम नगरी उपभोक्ताले भुक्तानि मागेका छन् भने उनिहरुलाइ पनि कानुनि दायरामा ल्याउनुपर्छ, नत्रभने उपभोक्ताले काम गरेको रकम नदिइ भाग्ने एलडिओले नै सबै जिम्मा लिनुपर्छ । 

एलडिओले विभिन्न योजनामा प्राविधिक मुल्यांकन र रिपोर्टका आधारमा भन्दा कम रकम भुक्तानि गरेको आरोप लगाउदै तानासाहि प्रबृति अन्त्य गर्नुपर्ने बताउनुभयो ।

१/२ हप्तामै एलडिओे जिल्ला आउने      

जिल्ला प्रशासन कार्यालय जुम्लाले अबको १/२ हप्तामै एलडिओ जिल्लामा आउने र सबै समस्या समाधान हुने बताएको छ । 

सहायक प्रमुख जिल्ला अकिारी टेक बहादुर बुढ्थापाका अनुसार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा यतिखेर कर्मचारीको कार्य सम्पादन मुल्यांकन गृह मन्त्रालयमा पेश गर्न जानुभएकाले उहासँगै एलडिओ पनि आउने र सबै समस्या समाधानको बाटो खोजिने भएको छ । 

एलडिओ जिल्ला छोड्दा लिखित जानकारी दिएपनि अनुमति भने नलिएको पाइएको छ । भने एलडियो हरीनारायण बेल्वासेले आफु जिल्ला छोड्दा अरुलाइ निमित्त पनि दिनुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह