2026-11-08 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह

2026-10-15

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारसँग दुई तिहाइ बहुमत हुँदैमा उसका सबै निर्णय सही हुन्छन् भन्ने नहुने बताएका छन्। राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ छ।

सिंहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित रहने उल्लेख गरेका छन्। उनले बहुमतको सरकार भए पनि त्यसलाई जवाफदेही बनाउने व्यवस्था लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको बताएका छन्। उनले राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय समितिले आवश्यक छानबिन गरी प्रश्न उठाउन र आवश्यक परे रोक लगाउन सक्ने व्यवस्थालाई संसदीय निगरानीको महत्वपूर्ण अभ्यासका रूपमा व्याख्या गरेका छन्। “लोकतन्त्रमा बहुमतको शासन हुन्छ, तर बहुमतलाई पनि जवाफदेही बनाउने व्यवस्था हुन्छ,” सिंहले फेसबुकमा लेखेका छन्।

नेपालको संविधानको धारा २९२ मा राजदूत नियुक्तिअघि संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। संसदीय सुनुवाइ समितिले सरकारबाट सिफारिस भएका व्यक्तिको योग्यता, क्षमता र इमान्दारितामाथि परीक्षण गर्ने संवैधानिक जिम्मेवारी निर्वाह गर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने प्रधानमन्त्री बालेनद्वारा तिहारको शुभकामना व्यक्त, सत्य र न्यायको बाटोमा अघि बढ्न आग्रह एनपीएलमा आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज भिड्दै उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण