२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

रास्वपा धादिङ काठमाडौँ सम्पर्क विभागको सभापतिमा अजय श्रेष्ठ

३ फाल्गुन २०८१, शनिबार २०:५४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे धादिङ-काठमाडौँ सम्पर्क विभागको सभापतिमा अजय श्रेष्ठ चयन भएका छन् । धादिङ जिल्लाबाट काठमाडौँमा बस्दै आएका रास्वपा समर्थकहरुको भेलाबाट श्रेष्ठको सभापतित्वमा १७ सदस्यीय सम्पर्क विभाग गठन भएको हो ।

काठमाडौँको स्वयम्भु स्थित स्टार ब्याङ्केटमा रास्वपाका कार्यवहाक सभापति डिपीअर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले विभागको उपसभापतिमा विष्णु सिलवाल, सचिवमा उज्वल श्रेष्ठ चयन गरेको रास्व्पा धादिङका सचिव मीन बहादुर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार रास्वपाको धादिङ काठमाडौँ सम्पर्क विभागमा धादिङका सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरि सदस्यहरु समेटिएको जानकारी दिए ।

कार्यक्रममा रास्वपाका सह-महामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ, केन्द्रीय सदस्य उपेन्द्र पाण्डे, केन्द्रीय तथा प्रादेशीक विभागका पदाधिकारीहरु सहित प्रदेश समितिमा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै रास्वपाका कार्यवहाक सभापति अर्यालले रास्वपाको कार्यक्रमहरुमा भाषण भन्दा जे उदेश्यले कार्यक्रम गरिएको हो त्यसैमा केन्द्रित हुन निर्देशन दिए । पुर्वश्रममन्त्री समेत रहेका अर्यालले कार्यक्रमहरुमा आशन-ग्रहणको क्रममा नेताहरुको लामो सूचि बाचन गरेर समय बर्बाद नगर्न सुझाव दिए । छोटोमा मन्तव्य राखेका अर्यालले नयाँ बन्ने समितिलाई शुभकामना व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै रास्वपाका सह-महामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले रास्वपाका कार्यक्रममा खादा-माला नलगाउने नीति भएकोले त्यसै अनुसार कार्यक्रमहरु आयोजना गर्न साथै नेताहरुको लागि बस्ने छुट्टै मंच नबनाउन निर्देशन दिइन् । श्रेष्ठले देशमा भ्रष्टाचार बढेको बन्दै आ-आफ्नो ठाउँबाट गहन अध्ययन गरेर बेथितिबारे पूर्ण जानकारी लिएर त्यस बिरुद्ध लाग्न रास्वपाका कार्यकर्तालाई अनुरोध गरिन् । पुर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले आगामी निर्वाचनमा ३६ हजार जना उम्मेदवार आवश्यक पर्ने भन्दै आफ्नो नेतृत्वलाई आफैले निखार्न अनुरोध गरिन् । उनले रास्वपामा भ्रष्टाचारप्रति शुन्य सहनशीलता हुनुपर्ने भन्दै रास्वपाको छुट्टै डिएनए तयार हुनुपर्ने बताईन् ।

कार्यक्रममा धादिङबाट रास्वपामा आएका नयाँ सदस्यहरुलाई नेताहरुले पार्टीको व्याच लगाएर पार्टीमा स्वागत गरे । सम्पन्न धादिङ काठमाडौँ सम्पर्क विभागको भेलामा नवनिर्वाचित पदाधिकारीहरुलाई केन्द्रीय सदस्य उपेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता