साउन ९, काठमाडौँ । ‘६ महिनासम्म उनीहरुले हरेक दिन मेरो बलात्कार गरिरहे । मैले आफूलाई नै हत्या गर्ने कोसिस गरें ।’ यो भनाई हो यजिदी युवती इखलासको ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, काठमाडौँ । ‘६ महिनासम्म उनीहरुले हरेक दिन मेरो बलात्कार गरिरहे । मैले आफूलाई नै हत्या गर्ने कोसिस गरें ।’ यो भनाई हो यजिदी युवती इखलासको ।

२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

‘६ महिनासम्म हरेक दिन उनीहरुले मलाई बलात्कार गरिरहे’

९ श्रावण २०७४, सोमबार १२:३२


साउन ९, काठमाडौँ । ‘६ महिनासम्म उनीहरुले हरेक दिन मेरो बलात्कार गरिरहे । मैले आफूलाई नै हत्या गर्ने कोसिस गरें ।’ यो भनाई हो यजिदी युवती इखलासको ।

इखलाख त्यतिबेला १४ वर्षकी थिइन् जब इस्लामिक स्टेटका कथित लडाकूले उनलाई अपहरण गरे र उनलाई यौनदासीको रुपमा बन्धक बनाए ।

सन् २०१४ मा इस्लामिक स्टेटको निशानामा विशेषगरी यजिदी थिए । यजिदी एक धार्मिक समूदाय हो जुन उत्तरी इराकको इलाकामा वर्षौंदेखि बस्दै आएको छ । इस्लामिक स्टेटका चरमपन्थी लडाकूले पुरुषको हत्या गरे र महिलालाई अपहरण गरे ।

इस्लामिक स्टेटः

यद्यपी, इखलासले इस्लामिक स्टेटको पकडबाट बाँच्नका लागि माउन्ट सिंजारको इलाकबाट भाग्ने कोसिस गरिन् तरपनि उनी ती मानिसहरुको पकडमा आइन् ।

इस्लामिक स्टेटका लडाकूले उनीहरुलाई बन्धक बनाए र तीमध्ये एकले उनलाई ६ महिनासम्म यौनदासी बनाएर राखे ।

इखलासका अनुसार इस्लामिक स्टेटका एक लडाकूले उनलाई १ सय ५० युवतीमध्येबाट गोलाप्रथा गरी छानेका थिए ।

इखलास भन्छिन्, ‘ती व्यक्ति घिनलाग्दो थिए । लामो कपाल भएका ती व्यक्ति कुनै जनावरजस्तै देखिन्थे । उनको शरिर गन्हाउँथ्यो । म उनीसँग यति डराउँथे कि उनलाई हेर्न पनि सक्दिनथें ।’

शरणार्थी शिविरः

एक दिन इस्लामिक स्टेटका ती चरमपन्थी कतै लडाईंका लागि गएका थिए र त्यतिबेला नै उनी त्यहाँबाट भाग्ने मौका पाइन् र सफल पनि भइन् ।

पछि इखलासलाई एक शरणार्थी शिविरमा पुर्याइयो । पीडा र त्रासदीले भरिएका ती दिनलाई याद गर्दै इखलास भन्छिन्, ‘म नरोइकनै आफ्नो कुराहरु तपाईंलाई कसरी भन्न सकिरहेकी छु  । वास्तवमा मेरो आँसु सुकिसकेको छ ।’

इखलास अहिले जर्मनीको एक मानसिक अस्पतालमा छिन् र उनले त्यहाँ उपचारका साथै शिक्षा पनि पाइरहेकी छिन् । इखलासको सपना एक सफल वकिल बन्नु हो । -बीबीसीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान