२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानप्रति उर्जामन्त्री रुष्ट, संसद्‌मै भने– ‘कुलमानले सरकारलाई टेर्नु हुन्न’

२०८१, ६ फाल्गुन मंगलवार १५:२४

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति रोष प्रकट गरेका छन्।

मंगलबारको संसद् बैठकमा समय माग गर्दै सम्बोधन गरेका उनी कुलमानप्रति रुष्ट देखिँदै रोष प्रकट गरेका हुन्। मन्त्री खड्काले घिसिङले सरकारलाई टेर्दै नटेरको पनि जानकारी गराएका छन्।

‘उहाँ (कुलमान)ले केही राम्रा काम गर्नुभयो होला। त्यसका लागि उहाँलाई के दिनुपर्छ दिउँला। तर सञ्चालक समितिक निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न’, खड्काले भने।

खड्काले घिसिङकै कारण नेपालको लोडसेडिङ अन्त्य भएको पनि बताए। ‘भारतबाट विद्युत ल्याएर लोडसेडिङ अन्त्य गरिएको छ। भारतबाट विद्युत ल्याउन ट्रान्समिसन लाइन बनाउने काम के कुलमानका कारण भएको हो? पूर्वमन्त्रीहरूले पनि जान्नुहुन्छ’, खड्काले भने।

घिसिङ एउटा कर्मचारी भएर यत्रो प्रश्न गर्दै उड्ने पनि भने। ‘सञ्चालक समिति निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न। १०० प्रतिशत लगानी सरकारको छ। भाषण गर्दै हिड्नुहुन्छ कर्मचारी। यस्ता अराजक गतिविधिलाई सरकारले सधैं हेरेर बस्दैन। लगामत लगाउनुपर्छ’, खड्काले भने।

उनले एउटा कर्मचारिका विषयमा सरकारमाथि धेरै प्रश्न नउठाउन पनि सांसदहरूलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा