काठमाडौँ | जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ ।
बिहीबार बिहान घाँस काट्दै गर्दा लडेर उनको घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।
कुशे गाउँपालिका–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा उनी भीरबाट लडेकी थिइन् ।