२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन: गगन थापा

२०८१, ९ फाल्गुन शुक्रबार १५:१७

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि लोकतन्त्रको विकल्प नखोज्ने बताएका छन् ।

फागुन ७ गतेको प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले विकल्प खोज्ने बेला आएको र त्यसका लागि आफू तयार भएको सन्देश दिएको सन्दर्भमा थापाको यस्तो भनाइ आएको हो ।

‘मलाई के विश्वास छ भने अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन’, उनले भैरहवा विमानस्थलमा भने, ‘म त्यस्तो कुराको कल्पना पनि गर्दिनँ र त्यो मान्दा पनि मान्दिनँ । लोकतन्त्रको विकल्प खोज्ने विषयमा छलफल पनि नगरौँ ।’

थापा सल्यान, रोल्पा र प्युठानमा हुने जिल्ला सम्मेलन तथा वृहत् आमसभामा सहभागी हुन काठमाडौंबाट भैरहवा हुँदै जाने क्रममा पत्रकारहरूसँग साक्षात्कार भएको हो ।

उनले अहिले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई सबैले मिलेर सफल बनाउनुपर्ने पनि बताइ । ‘पार्टीबाट सरकारमा जिम्मा पाएका साथीहरूलाई थप सफल बनाउने हो । गलत काम नगर भन्ने हो’, उनले भने, ‘साथीहरूलाई खबरदारी र प्रश्न गर्ने कुरालाई जारी राखेर सफल बनाउनुपर्छ ।’

उनले कांग्रेसको महाधिवेशनलाई नियमित प्रक्रिया भनेका छन् । ‘महाधिवेशनमा समूह बन्छन्, प्यानल बन्छन्, चुनाव भिडिन्छ । त्यो लोकतान्त्रिक अभ्यास हो’, उनले भने, ‘हामीले १५ औँ महाधिवेशन प्रक्रिया थालिसकेका छौँ । विधानले तोकेको सीमाभित्र महाधिवशेन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा