2026-07-06 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले डेमोक्रेशि अराजकताको होईन्, अनुशासनको पद्धती भएको भन्दै यसले देशलाई रोजगारी र अवसरहरु दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘डेमोक्रेसी भनेको अनुशासनको पद्धती हो अराजकताको पद्धती होइन भन्ने कुरा बुझ्न जरुरी छ । अर्को डेमोक्रेसीसँग वितरणको पाटो जोड्न सकेनौं भने पनि त्यो डेमोक्रेसी अस्थायी नै हुन्छ । किनभने डेमोक्रेसीले दिनुपर्यो, बाँड्नु पर्यो । डेमोक्रेसीले वितरण गर्नुपर्ने कुरा भनेको सम्भावना, रोजगारी, अर्थ, सेवा र अवसर हो । लोकतन्त्रलाई बलियो बनाउनका लागि यी कुराहरु आवश्यक हुन्छन् ।’

यसको साथै उनले समुदाय र जातजातीका बीचमा गलत अभिव्यक्तिहरु प्रचार गर्ने कार्यले लोकतन्त्रलाई कमजोर पार्ने भन्दै यसको रक्षा गर्नु आजको आवश्यकता भएको बताए ।

उनले भने, ‘लोकतन्त्रलाई अराजकता गर्ने सुविधाका रुपमा प्रयोग गर्ने गतिविधिहरु देखिन्छन्, व्यक्ति व्यक्तिको चरित्र हत्या गर्ने, भ्रामक कुराहरु प्रचार गर्ने, समाज, समुदाय, जातजातीका बीचमा गलत अभिव्यक्तिहरु प्रचार गर्ने, यो सबै क्रियाकलापले लोकतन्त्रलाई कमजोर गर्छ । यस्तो कुरामा पनि सचेत हुनुपर्छ । हामीले संसारको राम्रो संविधान बनाएका छौं र यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीताको सुदृढिकरण आजको आवश्यकता हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै