२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रकृति लम्साल प्रकरणमा कोशीका सांसदको आवाज, पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थीलाई पढाउने

१० फाल्गुन २०८१, शनिबार १३:३९

मोरङ । कोशी प्रदेशका सांसदहरूले भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा स्नातक तहमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युका संम्बधमा कोशी प्रदेश सभामा आवाज उठाएका छन् ।

सांसद निर्मला लिम्बुले विदेशमा अध्ययन गर्ने विद्यार्थीहरूका सम्बन्धमा कूटनीतिक योजना बनाउन आवश्यक रहेको बताएकी हुन् । घटनाका बारेमा चिन्ता जाहेर गर्दै उनले भनिन्, ‘विद्यार्थीहरू जग्गा धितो राखेर पढ्न गइरहेका हुन्छन् । उनीहरूको सुरक्षाका लागि सरकारले के पहल गरिरहेको छ त ?’

यस्तै, राप्रपा सांसद गोपाल बहादुर विश्वकर्माले घटनापछि सरकारले कुनै पनि कूटनीतिक पहल नगरेको बताए । आफ्ना देशका विद्यार्थी र परिवारलाई समस्या पर्दा सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ ।

भुवनेश्वरस्थित कलेजको होस्टलेमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल गत आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव भने नेपाल ल्याएर परिवारले दाहसंस्कार गरिसकेको छ ।

यसैबीच पूर्वाञ्चल विश्वविद्यालयले भने अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाइने जनाएको छ । सो प्रकरणपछि भुवनेश्वरस्थित सो विश्वविद्यालयमा पढ्न गएका ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू स्वदेश फर्किरहेको बेलामा पूर्वाञ्चल विश्वविद्यालयले अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाइने जनाएको हो ।

विश्वविद्यालयले सूचना जारी गर्दै विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरूले अध्ययन पूरा नगरी फर्किएको अवस्थामा क्रेडिट ट्रान्सफर गरी पढाइने जनाएको हो । उच्च शिक्षाका लागि विभिन्न देशमा गएर विशेष कारणले अध्ययन पूरा नसकी फर्किनुपरेका विद्यार्थीहरूका क्रेडिट ट्रान्सर्फमर गरिने सूचनामा उल्लेख गरिएको छ ।

स्वदेशमै पुनः आफ्नो अध्ययनलाई निरन्तरता दिई पूरा गर्न चाहेमा विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमहरूसँग मिल्ने विषयको क्रेडिट ट्रान्सफर गरिदिने सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट