२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी सांसद सापकोटाले मागे प्रधानमन्त्री ओलीको राजीनामा, नेपाललाई लज्जाजनक अवस्थामा पुर्याएको आरोप

२०८१, ११ फाल्गुन आईतवार १४:२२

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । सरकारको अकर्मन्यताको कारण फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रूपले नेपाललाई सम्पत्तिशुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राखेको दाबी गदै उनले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । नेपाल ग्रे–लिस्टमा पर्नुले सरकार सम्पूर्ण रुपमा असफल भइसकेको पुष्टि गरेको बताए ।

‘सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी गतिविधि मामलामा निगरानी अन्तर्राष्ट्रिय संस्था एफएटीएफ ले नेपाललाई आधिकारिक रुपमा ग्रे लिस्टमा चढाएको छ । सरकारको अकर्मन्यता, वित्तीय क्षेत्रमा सुधारको अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः लज्जाजनक अवस्थामा पुगेको छ । म यसप्रति खेद व्यक्त गर्न चाहन्छु, निन्दा व्यक्त गर्न चाहन्छु । यो घटनाक्रमले सरकार सुशासनको पक्षमा छैन र सरकार सम्पूर्ण रुपले असफल भएको संकेतको रुपमा हामीले लिनुपर्छ । सरकारले नैतिक रुपमा आफने मार्ग प्रशस्त गर्नुपर्छ,’– प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता सापकोटाले भने ।

अब सरकारको कुनै विश्वास र भरोसा बाँकी नरहेको बताउँदै सिंगै देशको इज्जत, प्रतिष्ठा र मान संरक्षण र रक्षाको लागि प्रतिनिधि सभाले गम्भीरतापूर्वक विशेष कदम चाल्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो