साउन ११, काठमाडौं । सरकारले २१ दिनको समय दिएर गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर, सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ११, काठमाडौं । सरकारले २१ दिनको समय दिएर गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर, सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला"/>

2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७७ कि ७५ जिल्ला ? आयोग नै अन्योलमा


साउन ११, काठमाडौं । सरकारले २१ दिनको समय दिएर गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर, सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला हुने भन्नेमा द्विविधामा परेको छ। 

क्षेत्र निर्धारणका लागि सुझाब लिन छलफलका लागि बोलाएका विज्ञहरूले नै चारथरी सुझाब दिएपछि कसरी अगाडि बढ्ने भन्नेमा आयोग नै अलमलमा परेको हो। यो खबर हामीले आजको नयाँ पत्रिकामा योगेश ढकालले खबर लेखेका छन्।

संविधानले नै जिल्लाबारे प्रस्टता नदिएकाले आयोगका पदाधिकारी र विज्ञहरूले प्रस्ट जवाफ दिन सकेका छैनन्। पहिला जिल्लाको संख्या मिलाएर मात्र क्षेत्र निर्धारणको अन्य काम सुरु गर्ने तयारीमा आयोग लागेको छ। आयोगले सोमबार र मंगलबार निर्वाचन क्षेत्र निर्धारणबारे विज्ञहरूसँग अनौपचारिक छलफल गरेको थियो। तर, छलफलमा सहभागी विज्ञहरूले ७७ जिल्ला मान्ने कि ७५ जिल्लामै १६५ निर्वाचन क्षेत्र निर्धारण गर्ने भन्नेमा प्रस्ट धारणा दिन सकेनन्।

७७ कि ७५ जिल्ला संविधानमै अस्पष्ट

जिल्ला कति हुने भन्नेबारे संविधानमै स्पष्टता छैन। संविधानको धारा ५६ को उपधारा ३ मा भनिएको छ– संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका अनुसूची ४ मा उल्लेख भएबमोजिमका जिल्लाहरू रहेका प्रदेश रहनेछन्। अनुसूची ४ मा नवलपरासी र रुकुम जिल्लालाई विभाजित गरिएको छ। अहिले ती जिल्ला दुई–दुईवटा भएका छन्। यसरी हेर्दा ७७ जिल्ला हुन्छ।

तर, संविधानको २८६ धारामा जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र रहने गरी बाँकी निर्वाचन क्षेत्र जनसंख्या र भौगोलिक विशिष्टताका आधारमा तय गर्ने व्यवस्था गरेको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीका अनुसार धारा २८६ ले ७५ जिल्लाको परिकल्पना गरेको देखिए पनि धारा ५६ अनुसार भने ७७ जिल्ला कायम हुने देखिन्छ।

विज्ञका चारथरी सुझाब

१. ७५ जिल्ला

आयोगलाई सुझाब दिनेमध्ये केही विज्ञले ७५ जिल्ला नै कायम राख्नुपर्ने बताएका छन्। संविधानले ७५ कि ७७ जिल्लाको परिकल्पना गरेको हो ? भनेर प्रस्ट पार्न तत्कालीन संविधानसभाको संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलासँग पनि आयोगले छलफल गरेको थियो। सिटौलाले अनुसूचीमा ७७ देखिए पनि खासमा संविधानको आशय जिल्ला बढाउने नभएको उल्लेख गरेका थिए। त्यसैगरी, अन्य केही विज्ञले पनि ७५ जिल्ला नै कायम गर्नुपर्ने सुझाब दिएको आयोगका सदस्य माधव अधिकारीले जानकारी दिए।

२. ७७ जिल्ला

संविधानको अनुसूची ४ अनुसार ७७ जिल्ला बनाउनुपर्ने सुझाब पनि आएको छ। आयोगका सदस्य अधिकारीका अनुसार केही विज्ञले रुकुम र नवलपरासी टुक्रिएर दुईवटा प्रदेशमा गएपछि दुई जिल्ला मान्नुपर्ने तर्क गरेका थिए।

३. प्रदेशको जनसंख्याका आधारमा

देशलाई १६५ निर्वाचन क्षेत्र मान्ने र प्रदेशको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्ने सुझाब पनि आएको छ। त्यसो गर्दा संविधानको व्यवस्थाअनुसार जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र कायम राख्नुपर्ने हुन्छ।

४. ७५ जिल्ला ७७ क्षेत्र

हाललाई ७५ जिल्लाभित्रै ७७ वटा निर्वाचन क्षेत्र मानेर जान सकिने सुझाब पनि आएको छ। बार अध्यक्ष शेरबहादुर केसीले संविधानको मर्मअनुसार जाँदा ७५ जिल्लालाई ७७ निर्वाचन क्षेत्र मानेर जान सकिने सुझाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई