2026-07-04 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपा उपसभापति वाग्लेले प्रकृति लम्सालको सपरिवारलाई श्रद्धाञ्जली दिएको वक्तव्य रेकर्डबाट हटाउन माग

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति समेत रहेका प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले केहि दिन अघिको संसद बैठकमा प्रकृति लम्सालको सपरिवारलाई हार्दिक श्रद्धाञ्जली दिएको वक्तव्य संसदनको रेकर्डबाट हटाउन माग गरिएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका रहेका नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सोमबारको बैठकको शून्य समयमा नियमापत्ति गर्दै फागुन ६ गते रास्वपा सांसद वाग्लेले मृत्यु नभएका परिवारका सदस्यलाई पनि श्रद्धाञ्जली व्यक्त गरेको वक्तव्य संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।

कांग्रेस सांसद खतिवडाले नियमापत्ति गर्दै भने, ‘सभामुख महोदय, २०८१ फागुन ६ गतेका दिन भारतको उडिसामा प्रकृति लम्सालको भएको दुखद निधनप्रति हामी सबै चिन्तित भयौ । उहाँको स्वर्गवास भयो, हामी सबैले उहाँप्रति श्रद्धाञ्जली दियौ । तर, एक जना माननीय सदस्यले सपरिवारलाई श्रद्धाञ्जली भनेर संसदमा बोल्नुभएको छ । बुटवलवासी मात्रै होइन, समग्र देशवासी नै घरपरिवारमा एउटा छोरी परलोक भएको अवस्थामा परिवारका सबैलाई श्रद्धाञ्जली भन्ने वक्तव्य रेकर्डबाट हटाइयोस् । यो फागुन ६ गतेका दिन डा.माननीय स्वर्णिम वाग्लेले त्यस्तो भन्नुभएको छ । त्यसैले यो संसदको रेकर्डबाट हटाइयोस् भनेर माग गर्दछु सभामुख महोदय ।’

लगत्तै सभामुख देवराज घिमिरेले आफ्नो त्यसतर्फ ध्यानाकर्षण भएको भन्दै सचिवालयलाई अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । उनले भने, ‘माननीय सदस्य ज्यूले उठाउनुभएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ । म सचिवालयलाई के भएको रहेछ, त्यस्तो भएको छ भने त्यसलाई सच्याउनका लागि निर्देशन दिन्छु ।’

रास्वपाका सांसद वाग्लेले फागुन ६ गतेको बैठकको विशेष समयमा बोल्ने क्रममा परिवारजनप्रति समेत श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘सभामुख महोदय, हिजो ओडिसाको केआईआइटी असाध्यै दुखद घटना घट्यो । नेपाली विद्यार्थी प्रकृति लम्सालको असामयिक निधन भएको छ ।

परिवारजनप्रति म र हाम्रो पार्टीका प्रवक्ताबाट श्रद्धाञ्जली पनि व्यक्त गरेका छौ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै