२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा पाँच थान बन्दुक बरामद, सात जना भाग्न सफल

११ श्रावण २०७४, बुधबार ०७:३७


 साउन ११, दाङ । प्रहरीले दाङबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । 

प्रहरी चौकी चंवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खडकाको नेतृत्वमा गएको गस्ती टोलीले राजपुर गाउँपालिका–७ भित्री सिक्टा जाने बाटोको जंगल क्षेत्रमा उक्त बन्दुक बरामद गरिएको दाङका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । 

छ/सातजना अज्ञात व्यक्तिले एक नाले भरुवा बन्दुक बोकेर जंगलतर्फ हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा उनीहरुले बन्दुक फालेर भागेको प्रहरीले जनाएको छ । 

त्यस क्षेत्रमा खानतलासी गर्दा प्रहरीले लोड गरिएको एक नाले भरुवा बन्दुक पाँच थान, काटिएको लत्ताको टुक्रा पाँच थान, कपडाको थैली एक, बारुद भएको प्लास्टिकको बट्टा दुई, बारुद भएको आल्मुनियमको बट्टा एक, सलाइको बट्टा सात र ३८ वटा छर्रा भएको कपडाको पोको एक थानलगायतका बस्तु बरामद गरेको जनाएको छ । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको र फरार रहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक तिवारीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली