२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजनीतिक दलहरुमध्ये एमाले सबैभन्दा धनी, कांग्रेस र माओवादी अवस्था कस्तो ?

२०८१, १५ फाल्गुन बिहीबार ०९:१३

काठमाडौं । नेपालका राजनीतिक दलहरुमध्ये नेकपा (एमाले) सबैभन्दा धनी दल रहेको पाइएको छ ।

निर्वाचन आयोगमा राजनीतिक दलहरुले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरणअनुसार एमाले नाफामा छ । एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपियाँ आम्दानी गरेको छ। आव २०७९/८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपियाँले घाटामा रहेको एमाले यस वर्ष करिब सात करोड २८ लाख रुपियाँले बचतमा गएको हो।

एमालेको आम्दानीको मुख्य स्रोत कार्यकर्ताबाट सङ्कलित सदस्यता शुल्कबापतको हो। उसले सो शीर्षकमा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपियाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष सोही शीर्षकबाट एमालेले एक करोड २१ लाख १६ हजार ४१८ रुपियाँ आम्दानी गरेको थियो।

त्यस्तै, संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी घाटामा रहेको पाइएको छ । कांग्रेसनिरन्तर दुई वर्षदेखि घाटामा छ। कांग्रेसले आव २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ। तर, खर्च भने चार करोड ९१ लाख ५६ हजार ३७५ रुपियाँ गरेको आयोगमा उल्लेख छ । कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा र सहयोग हो ।

यसैगरी, माओवादी केन्द्रको सार्वजनिक गरिएको आयव्यय विवरणमा पनि आम्दानी भन्दा खर्च धेरै देखिएको छ । पार्टीले १ करोड ८६ लाख ५२ हजार आम्दानी गरेको छ भने खर्च भने २ करोड २० लाख ७९ हजार भएको छ । सोही आर्थिक वर्षमा माओवादीले चन्दा बापत कुनै रकम लिएको छैन । यो अवधिमा माओवादीले जम्मा २ हजारको सम्पत्ति बिक्री गरेको छ भने त्यसअघिको आर्थिक वर्षमा सम्पत्ति बिक्री नगरेको लेखा परीक्षणमार्फत जनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी आम्दानीको दोब्बर खर्च गर्दा करिब पौने दुई करोड रुपियाँले घाटामा गएको पाइएको छ । आव २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको रास्वपाले यो अवधिमा छ करोड ५० लाख १७ हजार ७८ रुपियाँ खर्च गरेको छ । आव २०७९/८० मा भने रास्वपाले करिब पाँच करोड ४८ लाख रुपियाँ आम्दानी गरेको थियो।

राप्रपाले यस वर्ष एक करोड ३८ लाख ७४ हजार रुपियाँ आम्दानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु