३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सहकारी राम्रो हो भन्ने कुरालाई गतिविधिबाट देखाउनुपर्छ : मन्त्री सिंह

१७ फाल्गुन २०८१, शनिबार १३:२२

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरताको लागि वर्तमान सरकार बनेको भन्दै भएका कमी कमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्नेतर्फ सरकार अघि बढेको बताए।

उनले भने, ‘जनताले सरकारको आयुको त ठेगान छैन्, सरकार बनेको केही महिनामा नै अर्को सरकार बन्छ, सरकारको नै सुनिश्चितता छैन भने त्यस्तो सरकारले हाम्रो लागि के काम गर्छ भनेर सोच्न थालेको हुनाले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको हो। कमी कमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्दै अघि बढ्नेतर्फ सरकार गई रहेको छ।’

यसको साथै, उनले सहकारीप्रतिको नकरात्मक भावलाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट