साउन १२, काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष ०७३–०७४ मा खुदनाफा १२ करोड रुपैयाँ बढेको छ । 

गत आवमा बैंकले ३४ करोड २६ लाख  रुपैयाँ ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२, काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष ०७३–०७४ मा खुदनाफा १२ करोड रुपैयाँ बढेको छ । 

गत आवमा बैंकले ३४ करोड २६ लाख  रुपैयाँ ख"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गरिमा विकास बैंकको नाफा ३४ करोड

१२ श्रावण २०७४, बिहीबार ०६:२५


साउन १२, काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष ०७३–०७४ मा खुदनाफा १२ करोड रुपैयाँ बढेको छ । 

गत आवमा बैंकले ३४ करोड २६ लाख  रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २२ करोड ३७ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणमा नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको जानकारी दिएको छ ।

गत आवमा बैंकको निक्षेप परिचालन बढेर १४ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको निक्षेप ९ अर्ब २२ करोड रुपैयाँमात्र थियो । एक वर्षको अवधिमा बैंकको निक्षेप ५ अर्ब रुपैयाँ बढेको छ । यस्तै कर्जा लगानी पनि बढेर १२ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कर्जा लगानी ८ अर्ब रुपैयाँ मात्र थियो । एक वर्षमा कर्जा लगानी ४ अर्ब थपिएको बैंकले जानकारी दिएको छ । 

बैंकको खराब कर्जा न्युन अर्थात ०.२४ प्रतिशत छ । लागत ७.६२, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७१.४१ र कर्जा निक्षेपबीच ब्याज दर अन्तर ५.८२ प्रतिशत छ । गत असारसम्म बैंकको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ । बैंकले पुँजी बढाउन सेवा विकास बैंकसँग मर्जर गरी आउँदो २० गतेदेखि एकीकृत बैंकिङ कारोबार गर्दैछ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै