टेक शाही/साउन १२, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल कालो पत्रे गर्न ढिलाइ भए पछि डोल्पाली जनताहरु मर्कामा परेका छन । 

गएको असार १ गते देखि कालो पत्रे गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन १२, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल कालो पत्रे गर्न ढिलाइ भए पछि डोल्पाली जनताहरु मर्कामा परेका छन । 

गएको असार १ गते देखि कालो पत्रे गर"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुफाल बिमानस्थल कालो पत्रेमा ढिलाइ, महंगी आकाशीदै

२०७४, १२ श्रावण बिहीबार १०:२४


टेक शाही/साउन १२, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल कालो पत्रे गर्न ढिलाइ भए पछि डोल्पाली जनताहरु मर्कामा परेका छन । 

गएको असार १ गते देखि कालो पत्रे गर्ने भन्दै नियमित रुपमा सञ्चालनमा रहेको जुफला बिमानस्थल बन्द गरिए पछि डोल्पाली जनतालाइ समस्यामा परेका हुन । 

कुल ५ सय ६० मिटर धावन मार्ग रहेको जुफाल बिमानस्थलको काम साढे एक महिनामा २ सय ९० मिटर बरावर काम सम्पन्न भएको कालिका सिद्धि साइ कन्स्टक्सन जेबिका प्रमूख बिर प्रसाद शाहीले जानकारि दिए । उनले भने बर्षाको कारण काममा ढिलाइ भएको हो रफतारमा काम भइ रहेको र अब भदौको दोस्रो साता सम्म बिमानस्थल सञ्चालनमा आउने बताए ।

जुफाल बिमानस्थलको धावनमार्ग कालो पत्रेको काम कछुवा गतिमा भएको र पैदल मार्ग नेपाली सेनाले सडक निमार्ण गरि रहेकोले जोखिम छ हवाइ मार्ग बन्द छ जनताको सबै अधिकार राज्यले खोसेको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले आरोप लागाए । 


जिल्लामा २ वटा बिमानस्थल भएको भए पनि मसिनेचौर बिमानस्थल सुचारु नगर्दा डोल्पाका यात्रुहरु मर्कामा परेको हुन । एउटा बिमानस्थल कालो पत्रेको लागि बन्द गरेको र अर्को बिमनस्थल १५ दिन भित्र सूचारु गर्ने जिल्ला प्रशासन काार्यालय डोल्ःपाले गरेको भए पनि कार्यान्वयन नगर्दा यातायातको समस्या यात्रूले भोगनु परेको स्थानिय बुद्धिजिवी हँश बहादुर शाहीले बताए । 

हवाइ यातायात पनि बन्द भएको र पैदल मार्ग सहज नभए पछि महगी आकाशिएको छ । महगि दैनिक ढे पछि डोल्पाको जनजिवन कष्टकर  बन्दै गएको छ ।  दैनिक उपभोगय समानहरुको अभाव हुदै गएको कारण महगि अब सर्वसाधारणले खेप्न नँसक्ने माथिल्लो डोल्पाका आङ्ग बहादुर लामाले बताए । 

राष्ट्रिय राजमार्गमा नजोडिएका डोल्पाली जनताको एक मात्र यातायातको माध्याम भनेको हवाइ मार्ग रहेको छ । भएको हवाइ मार्ग पनि कालो पत्रको लागि भन्दै महिनौ देखि बन्द रहेको छ भने अर्को बिमानस्थल सञ्चालनको लागि कुनै पनि पहल नगरिएको नागरिक समाजले बिभिन्न निकायमा लिखित र मौखिक रुपमा पहल गरे पनि सुनुवाइ नभएको नागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताए ।

नगारिक उड्यन प्राधिकरणका निर्देशकले लिखित रुपमा गुनासो गर्दा आफुले डोल्पालीको समस्या बुझेको नागरिक समाज देखि सँसद धन बहादुर बुढा पनि गुनासो लिएर आएको ध्रुवदास भोजति भयाले बताए । दासले आफुलै सबै निकायमा भनि सकेको र उडान गर्ने कुरा भएको बताए ।

यता जिल्ला प्रशासन कार्यालय डोल्पामा जिल्लाका जनप्रतिनिधि र सबै सरोकारवाला निकाय बसेर छलफल गरि निर्ण गरेको तर पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले व्यवास्ता गरेकोले समस्याको समाधान नभएको निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताए । बुढाले भने मन्त्रालयले सुन्दैन निजि बिमान कम्पनीले बिभिन्न खाले सर्त र माग राखेको कारण हवाइ उडान गर्न नसेको बताए ।


टुवीननटर जहाजले उडान भर्न सक्ने भएकोले सबै बिमान कम्पनीले उउान गर्न सक्ने रिपोट दिएको जनाए । जहाज कम्पनीले भाडा दरमा नमिले पछि उडान नगरेको शाहीको दावि गरे ।

अधिकाँश यात्रुहरु जोखिम पूर्ण यात्रा गर्दै पदैल जाने गरे पनि बिरामीहरुको लागि भने कुनै पनि माध्यायम छैन । आर्थिक भएकाहरुले प्रति ब्यक्ति ५० हजार रुपैया तिरेर हेलिकप्टर चढ्ने गरे पनि सर्वसाधारणको लागि भने क्ुनै यातायातका साधान छैनन डोल्पामा । 

महगि दैनिक अकाशिदै गएको छ भने दैनिक उपभोग्य समान मौजात सकिदै गएको छ । दैनिक उपभोगया समान ढुवान गर्न कुनै पनि यातायातका माध्यायमहरु नभएकोले नाका डोल्पा नाका बन्दीमा परेको नागरिक गुनासो छ । 

राजनितिक दलको पहलमा हवाइ सेवा छिटो सूचारु गर्न सकिने नागरिकहरुको भनाइ रहेको छ । लामो समय सम्म पनि बिकल्प नखोजि सञ्चालनमा रहेको बिमानस्थल बन्द गर्दा नागरिकलाइ हरेक सेवाबाट बञ्चित गराएको डोल्पाली जनताको गुनासो छ भने आज सम्म नागरिक समाज डोल्पाबाहेक अन्य कुनै पनि निकायबाट मसिनेचौर बिमानस्थल सञ्चालनको लागि पहल भएको छैन  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने